News Portal

सितल नगर आमा समुहले नेत्रहीन संघ कास्कीलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
८०३ पटक

कर्ण बहादुर अधिकारी काठमाण्डौ – जहानीया राणा शाशकहरूबाट दासत्वको जीवन जीउदै आई रहेका नेपाली जनताले उन्मुक्ति पाएको दिन फागुन ७ गते प्रजातन्त्र दिवशको अबसर पारेर पोखरा महानगर पालिका वडा नं १४ स्थित शीतला आमा समुहले सेवा नै धर्म हो।भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै नेत्रहिन नेपाली नागरीकहरूको जीवनमा केहि सहजता साथै खुशीयाली ल्याउनका निमित्त पोखरा महानगर पालिका वडा नं २६ बुढी बजारमा रहेको संघको कार्यालयमा आमा समुहका पदाधिकारीहरूको उपस्थितिमा नगद रू १० हजार पाँच रूपैया आर्थिक सहयोग हस्तान्तरण गरीएको छ।
त्यसै गरी समुहले राम्रो कार्य गरेकोमा समुहको संस्थापक अध्यक्ष शुमित्रा घिमिरेले पनि नगद रू २ हजार सहयोग गर्नु भएको थियो। उक्त हस्तान्तरण गरीएको रकमबाट दृष्टि बिहिनहरूको साहाराका लागि सेतो छडी किनेर दिनका लागि संघका अध्यक्ष श्रीकान्त सापकोटालाई आग्रह गरीएको छ। उक्त सहयोग हस्तान्तण कार्यक्रम आमा समुहकी अध्यक्ष श्रीमति कविता कार्कीको अध्यक्षतामा सुसम्पन्न गरीएको थियो। बिगत केहि दिन अगाडी मात्र शीतला आमा समुहले बृद्धा आश्रममा समेत आर्थिक सहयोग हस्तान्तरण गरेको थियो।

औपचारीक रूपमा गरीएको कार्यक्रममा तदर्थ समितिका अध्यक्ष एवं समुहकी बर्तमान सल्लाहकार श्रीमति शोभा गिरी र नेत्रहिन संघका अध्यक्ष श्री श्रीकान्त सापकोटाले नेत्रहिन संघ र महिला समुहले गरेको आर्थिक सहयोगका बिषयमा मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सीतला आमा समुहकी उपाध्यक्ष तारा थापाले गर्नु भएको थियो भने कार्यक्रम संचालन समुहकी कोषाध्यक्ष श्रीमति शुशिला खत्रीले गर्नु भएको थियो।मानव जीवन र समाजसेवी भावना के हो र कसरी गर्नु पर्छ भन्ने कुराको राम्रो उदाहरण बन्दैछ शीतला आमा समुह हाे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...