News Portal

एनआरएनए अभियानमा मध्यपूर्वको योगदान नभुलौ : टिबी कार्की

हिमालीसंचार संवाददाता
५४३ पटक

कतार – गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले समूहले महाधिवेशन प्रतिनिधि विवाद मिलाउने निहूँमा मध्यपूर्वका अधिकांस देशका प्रतिनिधिको संख्या कटौती गर्ने तयारी गरेपछि विवाद उत्पन्न भएको छ।

अध्यक्षका प्रत्यासी कुल आचार्यको इसारामा मध्यपूर्व लगायतका ६१ देशका ९ सय प्रतिनिधि कटौती गर्न लागेपछि मध्यपूर्वमा रहेका नेपालीहरुले पिएनओ (पिपल फरम नेपाली ओरजीन) नामको संस्था दर्ता गर्न खोजेको भन्दै आक्रोस पोखेका छन्।

गैरआवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीले गैरआवासीय नेपाली संघको अभियानमा मध्यपूर्वका नेपालीहरुको योगदान अन्य क्षेत्रको भन्दा अझ बढी र मजबुद रहेको बताएका छन्। उनले संघको अभियानमा मध्यपूर्वका नेपालीहरुको रगत र पसिना परेको भन्दै बरु पिएनओ खोलेर बस मध्यपूर्वका नेपालीलाई दुःख नदेउ भनेका छन्।

कार्कीले संघको विवाद मिलाउने नाममा ठूलो संख्यामा प्रतिनिधि कटौती गरेर मध्यपूर्वलाई दुःख दिने र चिडाउने काम बन्द गर्न आग्रह गरेका छन्। यसअघि संघका उपाध्यक्ष सोनाम लामाले एक कपोकल्पीत प्रतिवेदन संघको उच्चस्तरीय समितिमा १९ देशमा महाधिवेशन प्रतिनिधि शुन्य रहने प्रतिवेदन पेश गरेका थिए।

सो प्रतिवेदनप्रति विश्वभर छरिएका राष्ट्रिय समितिहरुले आलोचना गरेका छन्। यसअघि संघका प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वका श्रमिकहरुप्रति अपमान गर्न खोजिएको भन्दै आपत्ती प्रकट गरेका थिए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...