News Portal

एनआरएनए अभियानमा मध्यपूर्वको योगदान नभुलौ : टिबी कार्की

हिमालीसंचार संवाददाता
५२२ पटक

कतार – गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले समूहले महाधिवेशन प्रतिनिधि विवाद मिलाउने निहूँमा मध्यपूर्वका अधिकांस देशका प्रतिनिधिको संख्या कटौती गर्ने तयारी गरेपछि विवाद उत्पन्न भएको छ।

अध्यक्षका प्रत्यासी कुल आचार्यको इसारामा मध्यपूर्व लगायतका ६१ देशका ९ सय प्रतिनिधि कटौती गर्न लागेपछि मध्यपूर्वमा रहेका नेपालीहरुले पिएनओ (पिपल फरम नेपाली ओरजीन) नामको संस्था दर्ता गर्न खोजेको भन्दै आक्रोस पोखेका छन्।

गैरआवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीले गैरआवासीय नेपाली संघको अभियानमा मध्यपूर्वका नेपालीहरुको योगदान अन्य क्षेत्रको भन्दा अझ बढी र मजबुद रहेको बताएका छन्। उनले संघको अभियानमा मध्यपूर्वका नेपालीहरुको रगत र पसिना परेको भन्दै बरु पिएनओ खोलेर बस मध्यपूर्वका नेपालीलाई दुःख नदेउ भनेका छन्।

कार्कीले संघको विवाद मिलाउने नाममा ठूलो संख्यामा प्रतिनिधि कटौती गरेर मध्यपूर्वलाई दुःख दिने र चिडाउने काम बन्द गर्न आग्रह गरेका छन्। यसअघि संघका उपाध्यक्ष सोनाम लामाले एक कपोकल्पीत प्रतिवेदन संघको उच्चस्तरीय समितिमा १९ देशमा महाधिवेशन प्रतिनिधि शुन्य रहने प्रतिवेदन पेश गरेका थिए।

सो प्रतिवेदनप्रति विश्वभर छरिएका राष्ट्रिय समितिहरुले आलोचना गरेका छन्। यसअघि संघका प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वका श्रमिकहरुप्रति अपमान गर्न खोजिएको भन्दै आपत्ती प्रकट गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...