काठमाडौँको ढुंगेअड्डामा कुकर बम फेला

काठमाडौं। काठमाडौंको कलंकीमा दुई वटा कुकर बम फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए अनुसार कलंकीस्थित ढुंगेअड्डामा बम फेला परेको हो।
सडकको पेटीम राखिएको अवसथामा बम फेला परेको प्रहरीले पुष्टि गरेको छ। बम डिस्पोजका लागि नेपाली सेना घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ।
बम कस्ले किन राख्यो भन्नेबारे अनुशन्धान जारी छ। यद्यपि विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको प्रहरीको अनुमान गरेको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिरोध गर्दै देशभरी प्रदर्शन गरिरहेको छ। उक्त बिरोध प्रदर्शनलाई ५ साना दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेको थियो।















