News Portal

  • हङकङमा कोभिडबाट चार जनाको मृत्यु नयाँ कोभिड केस अहिले सम्मकै उच्च

    हिमालीसंचार संवाददाता
    ३२३ पटक

    युवा राई हङकङ / हङकङले सोमबार २ हजार ७१ पुष्टि भएका केसहरू थपेको छ। त्यसै गरी, झण्डै ४ हजार ५०० प्रारम्भिक केसहरू पुष्टि भएका छन्।सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को २ हजार ७१ केस दर्ज भएको जानकारी दिएको छ।                                                                                                                      सेन्टर फर हेल्थ प्रोटेक्शनका डा चुआङ शुक-क्वानले १९ आयातित केस रहेका छन्।तिनीहरुमा धेरैजसो इन्डोनेसियाबाट आएका रहेका छन्। २,०५२ स्थानीय केसहरू पुष्टि भएकाे जानकारी दिइन्। डा चुआङका अनुसार सम्भवतः १९५७ केसहरू ओमिक्रोन र ३२ केसहरू डेल्टा भेरियन्टका रहेका छन्। बाँकी केसहरू अझै परीक्षणमै रहेका छन्। आज पनि झण्डै ४,५०० प्रारम्भिक केसहरू पुष्टि भएका छन्।
    अस्पताल अथोरिटीले थप ४ जना पुरुष वृद्ध विरामीको कोभिडबाट मृत्यु भएको जनाएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२३ पुगेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...

    कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

    कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको...

    जेनजी प्रदर्शनमा पाँचको मृत्यु

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको...

    युवा शक्ति टीम कुवेतले रक्तदान कार्यक्रम गर्ने

    कुवेत- कुवेतमा सक्रिय सामाजिक संस्था युवा शक्ति टीमले  रक्तदान कार्यक्रम गर्ने घोषणा गरेको छ। नेपाली...

    नयाँ बानेश्वरमा प्रहरीको गोली : जेनजी प्रदर्शनमा एकको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौँ, २३ भदौ २०८२ – नयाँ बानेश्वरमा जेनजी विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर...