News Portal

हाइड्रोपावरको निर्माण सामग्री बाकेका तीन ट्रक खसे अरुण नदिमा

हिमालीसंचार संवाददाता
३७८ पटक

संखुवासभा। संखुवासभाको मकालु गाउँपालिकामा रहेको अरुण नदीको बेलिब्रिज भाँचिएको छ। मकालु गाउँपालिकाको वडा नं. ५ र १ जोड्ने अरुण नदीको बेलिब्रिज भाँचिएको हो।

शनिबार दिउँसो निर्माणाधीन इप्सुवा हाइड्रोपावरको निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका जनप्रतिनिधी पुरन याम्फुले जानकारी दिए। निर्माणाधीन इप्सुवा हाइड्रोको निर्माण सामाग्री बोकेको ३ वटा लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको जनप्रतिनिधी याम्फुले बताए।

बेलिब्रिज भाँचिएपछि अहिले आवतजावत ठप्प भएको छ। पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकै पटक तीन बटा ट्रक तर्ने क्रममा फुल भाँचिएको याम्फुको अनुमान छ। तीन वटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए।

दुई वटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए। पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा पुलमा अलपत्र भएको उनको भनाइ छ।

ट्रकका चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन्। वि.सं.२०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको थियो।

प्रतिकृया दिनुहोस्

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...