News Portal

दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई हरायो

हिमालीसंचार संवाददाता
४५९ पटक

काठमाडौं। चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले नटआउट ७३ रन जोडे। उनले ५८ बलमा ८ चौका र १ छक्का हिर्काए। त्यसअघि ओपनरद्वय प्रदीप ऐरी ४ रन र आसिफ शेख १४ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल १३ रनमा रनआउटको सिकार भएका थिए।

यस्तै आरिफ शेखले २५ रनको योगदान दिए। बलिङमा ओमानका कालीमुल्लाहले २ विकेट लिए। अल अमरेत रंगशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन जोडेको थियो।

ओमानका लागि कप्तान जीशन मक्सूदले सबैभन्दा बढी नटआउट ४३ रन जोडे। उनले  ४१ बलमा ४ चौका र १ छक्का हिर्काए। ‌ओमानका ओपनरद्वय कश्यप प्रजापति ११ रन र जतिन्दर सिंह १३ रनमा आउट भए। प्रजापतिलाई अभिनास बोहराले बोल्ड गर्दा जतिन्दरलाई आरिफले आसिफ शेखबाट क्याच गराए।

यस्तै शोइब खानलाई ११ रनमा कप्तान सन्दीप लामिछाने र आयान खानलाई कमलसिंह ऐरीले ११ रनमै आउट गरे। दुवैको क्याच पनि आसिफले नै लिएका थिए। मोहमद नदीमले ३१ रन र नदीम खुसी शून्यमा आउट भए। दुवैलाई अभिनासले १८ ओभरमा आउट गरे।

बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। नेपालको राष्ट्रिय टिमका लागि पहिलो पटक कप्तानी गरेका सन्दीप लामिछानेले १ विकेट लिए। आरिफ शेख र कमलसिंह ऐरी १-१ विकेट लिए।

टी-२० मा डेब्यू गरेका सागर ढकालले विकेट लिन सकेनन्। उनले ३ ओभरमा ३६ रन खर्चिए। सिरिजको दोसो खेलमा नेपालले शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ। सिरिजलगत्तै नेपालले ओमानमै टी-२० विश्वकपको विश्व छनोट खेल्नेछ।

प्रतिकृया दिनुहोस्

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...