News Portal

  • झापाली समाज युएसएको अध्यक्षमा यमुना भट्टराई चयन

    हिमालीसंचार संवाददाता
    २३७ पटक

    युएसए – झापाली समाज युएसएको प्रथम विशेष साधारणसभाले अध्यक्षमा यमुना भट्टराईलाई नियुक्त गरेको छ।  संस्थाका सल्लाहकारहरु, प्याटर्न सदस्यहरु र आजीवन सदस्यहरुको बीचमा गत ३० जनवरीमा सम्पन्न भएको उक्त बिशेष साधारण सभाले अध्यक्ष मुकुन्द ढुंगानाको कार्य व्यस्तताको कारण आफुले समय दिन नसकेको हुँदा अध्यक्ष पदबाट मौखिक राजिनामा स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष यमुना भट्टराईलाई बाँकी कार्यकालको लागि अध्यक्षको रुपमा चयन गरको हो ।

    यस्तै, रिक्त रहेका वरिष्ठ उपाध्यक्ष पदमा संस्थाका उपाध्यक्ष सीता पाण्डेलाई र उपाध्यक्ष पदमा सदस्य मोहन उप्रेतीलाई चयन गरिएको नवनियुक्त सचिव युवराज खतिवडाले जानकारी दिएका हुन् ।

    भर्चुवल बिधि जूम मार्फत करिब पाँच घण्टासम्म संचालन भएको बिशेष साधारण सभाले करिब डेढ बर्ष पहिले गत सेप्टेम्बर २०२० सालमा सम्पन्न प्रथम साधारण सभाले दिएको म्यान्डेट अनुसार समाजले अहिलेसम्मको यो छोटो अबधिमा प्राप्त गरेका उपलब्धीहरु र आगामी कार्ययोजनाहरु समेत समेटेर महासचिव निलम बिमलीद्वारा प्रस्तुत गरिएको हालसम्मको कार्यप्रगति प्रतिबेदन साथै कोषाध्यक्ष युबराज खनालद्वारा प्रस्तुत हालसम्मको आर्थिक प्रतिवेदनलाई समेत गहन रूपले छलफल गर्दै सर्बसम्मतीले पारित गरेको थियो ।

    यस्तै, सचिव युबराज खतिवडा संयोजक र डा. भेषराज मैनाली तथा तोया पौड्याल सदस्य रहनु भएको तीन सदस्यीय बिधान संसोधन कार्यदलद्वारा पेश गरिएको परिमार्जित बिधान माथि घनिभूत छलफल गर्दै “संस्थाको केन्द्रीय अध्यक्ष र महासचिव तथा स्टेट च्याप्टरको अध्यक्ष चयन हुनको लागि सम्बन्धित कमिटिहरुमा कम्तिमा एकपटक रहेर काम गरेको हुनुपर्नेछ |” भन्ने प्रस्तावित बाध्यात्मक नियमलाई खारेज गर्दै अन्य केही प्रस्तावित नियमहरूलाई समेत समान्य संसोधन सहित पारित गरेको छ ।

    संस्थाका उपाध्यक्ष सीता पाण्डेको स्वागत मन्तब्य र उपस्थित सहभागी प्रतिनिधिहरुको बिचमा परिचयात्मक कार्यक्रमका साथमा सुरु भएको बिशेष साधारण सभामा झापा जिल्लाका विभिन्न स्थानहरुबाट अमेरिका आई विभिन्न पेशा ब्यबसाय र संघ संस्थाहरुमा आबद्ध सामाजिक अगुवाहरु प्रा. डा. गोपी उप्रेती, डा. शम्भु ढुंगाना, प्रेम संग्रौला, डा. मदन उप्रेती, खगेन्द्र अधिकारी, डा. भेषराज मैनाली, एनआरएन अमेरिकाका उपाध्यक्ष बिकास उप्रेती साथै नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल ईंजाको तर्फबाट गुणराज लुइँटेल लगायतका व्यक्तित्वहरुले आआफ्ना भनाईहरु राखेका थियो |

    नवनिर्बाचित अध्यक्ष यमुना भट्टराईले अघिल्लो प्रथम साधारण सभाले म्यान्डेड दिए अनुसार एक व्यक्ति एक बिद्यार्थी परियोजना अन्तर्गत नेपालमा २०० जना बिद्यार्थीहरुलाई बार्षिक छात्रवृत्ति प्रदान गर्न २ करोड रुपैयाको अक्षय कोष स्थापनाका लागि आफ्नो कार्यकालमा सक्दो पहल गर्ने र आफुले पहिले गरेको प्रतिबद्धतामा अर्को एकजना बिद्यार्थीको लागि थप $२२०० डलर योगदान दिने घोषणा समेत गरेका छन् । 

    त्यस्तै, झापाली समाज युएसएको तर्फबाट झापा जिल्लाका विभिन्न निकायहरुलाई बिगतमा २ वटा एम्बुलेन्स प्रदान गरिसकेका निकट भविष्यमानै कुमारखोद गाउपलिकामा रहेको रेडक्रस शाखालाई एउटा एम्बुलेन्स प्रदान गर्ने प्रकिया अन्तिम चरणमा रहेको कुरा र आउदो शैक्षिक सत्रदेखि झापा जिल्ला र रौतहट जिल्लामा समेत गरि करीब ५० बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने कुराको थालनी गरिने समेत जानकारी गराइएको थियो । उक्त साधारण सभाले कार्यसमितिका सदस्यद्वय मोहन निरौला र टिका पौड्यालले दिनु भएको मौखिक राजिनामालाई समेत स्वीकृत गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...