News Portal

दशैँ नजिकियो, हुम्लामा चामल सकियो !

हिमाली संचार संवाददाता
५१९ पटक

हुम्ला – दशैँ नजिकिँदै गर्दा जिल्लामा चामल अभाव हुने सङ्केत देखिएको छ । सडक सञ्जालले नछोएको हुम्लामा समयमै नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि अभाव हुने देखिएको हो ।

चामल ढुवानीको प्रक्रियागत झञ्झटले सिमकोट डिपोमा भित्रिएको ५०० क्विन्टल चामलमध्ये ३०० क्विन्टल मात्र बाँकी रहेको खाद्य सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ माधवप्रसाद ढुङ्गानाले जानकारी दिनुभएको छ ।

सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका सहितका बासिन्दालाई यस वर्षको दशैँमा खाद्य सङ्कट हुने भएको छ ।

डिपोमा बाँकी रहेको चामल दशैँ विशेष भन्दै खाद्य संस्थानले आजदेखि बजारवासी, कर्मचारी र सर्वसाधारणलाई पाँच केजीका दरले चामल वितरण शुरु गरेको संस्थान प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।

गाउँमै उत्पादित अन्नले वर्षदिनमा ६ महीनासमेत खान पुग्दैन । यहाँका जनतालाई खाद्य संस्थानकै चामलको भर पर्नुपर्ने अवस्था छ । रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...