News Portal

दशैँ नजिकियो, हुम्लामा चामल सकियो !

हिमाली संचार संवाददाता
५६९ पटक

हुम्ला – दशैँ नजिकिँदै गर्दा जिल्लामा चामल अभाव हुने सङ्केत देखिएको छ । सडक सञ्जालले नछोएको हुम्लामा समयमै नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि अभाव हुने देखिएको हो ।

चामल ढुवानीको प्रक्रियागत झञ्झटले सिमकोट डिपोमा भित्रिएको ५०० क्विन्टल चामलमध्ये ३०० क्विन्टल मात्र बाँकी रहेको खाद्य सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ माधवप्रसाद ढुङ्गानाले जानकारी दिनुभएको छ ।

सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका सहितका बासिन्दालाई यस वर्षको दशैँमा खाद्य सङ्कट हुने भएको छ ।

डिपोमा बाँकी रहेको चामल दशैँ विशेष भन्दै खाद्य संस्थानले आजदेखि बजारवासी, कर्मचारी र सर्वसाधारणलाई पाँच केजीका दरले चामल वितरण शुरु गरेको संस्थान प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।

गाउँमै उत्पादित अन्नले वर्षदिनमा ६ महीनासमेत खान पुग्दैन । यहाँका जनतालाई खाद्य संस्थानकै चामलको भर पर्नुपर्ने अवस्था छ । रासस

प्रतिकृया दिनुहोस्

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...