News Portal

कसरी भागे नख्खु जेलबाट बेलायती कैदी

हिमाली संचार संवाददाता
५६९ पटक

जनकराज सापकोटा
काठमाडौँ – बुधबार बिहानको कुरा हो । नख्खु कारागारका कर्मचारी र सुरक्षाकर्मीबीच खैलाबैला मच्चियो । कारण थियो, कारागारको डिआरसी ब्लकमा रहेका एक बेलायती कैदी कारागारभित्र थिएनन् । सुरुमा त कारागारका कर्मचारीले उनी शौचालय गएका पो छन् कि भन्ने अनुमान गरे ।

तर, यस्तो अनुमानविपरीत केहीबेरमा तथ्य खुल्यो, ओभर स्टे बापत जेल सजाय भोगेका बेलायती कैदी मुकदुर हुसेन जेलबाट भागेका थिए ।

८७ सशस्त्र प्रहरी र २७ नेपाल प्रहरीको सुरक्षा घेरा रहेको र चार वटा गेट रहेको कारागारबाट ती बेलायती कैदी कसरी भागे ? कसले भगायो ? प्रश्नहरु अनुत्तरित थिए ।

कैदी भागेको खबर थाहा पाउनेवित्तिकै प्रहरी परिसर ललितपुर परिचालित भयो । प्रहरी स्रोतका अनुसार मुकदुर पुल्चोक नजिकैबाट बिहान करिब साढे ७ बजेतिर पक्राउ परे ।

कडा सुरक्षा व्यवस्था रहेको कारागारबाट ती कैदीलाई कसले भगायो ? सबैको चासोको विषय बनेको छ । कारागार व्यवस्थापनले ललितपुरका सहायक सिडिओ डमरु निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कारागार स्रोतका अनुसार २०७४ जेठदेखि थुनामा रहेका यी कैदी गत जेठ २२ मा सुन्धारास्थित केन्द्रीय कारागारबाट सरुवा भएर नख्खु पुगेका थिए । कान्तिपुर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...