News Portal

कसरी भागे नख्खु जेलबाट बेलायती कैदी

हिमाली संचार संवाददाता
६१५ पटक

जनकराज सापकोटा
काठमाडौँ – बुधबार बिहानको कुरा हो । नख्खु कारागारका कर्मचारी र सुरक्षाकर्मीबीच खैलाबैला मच्चियो । कारण थियो, कारागारको डिआरसी ब्लकमा रहेका एक बेलायती कैदी कारागारभित्र थिएनन् । सुरुमा त कारागारका कर्मचारीले उनी शौचालय गएका पो छन् कि भन्ने अनुमान गरे ।

तर, यस्तो अनुमानविपरीत केहीबेरमा तथ्य खुल्यो, ओभर स्टे बापत जेल सजाय भोगेका बेलायती कैदी मुकदुर हुसेन जेलबाट भागेका थिए ।

८७ सशस्त्र प्रहरी र २७ नेपाल प्रहरीको सुरक्षा घेरा रहेको र चार वटा गेट रहेको कारागारबाट ती बेलायती कैदी कसरी भागे ? कसले भगायो ? प्रश्नहरु अनुत्तरित थिए ।

कैदी भागेको खबर थाहा पाउनेवित्तिकै प्रहरी परिसर ललितपुर परिचालित भयो । प्रहरी स्रोतका अनुसार मुकदुर पुल्चोक नजिकैबाट बिहान करिब साढे ७ बजेतिर पक्राउ परे ।

कडा सुरक्षा व्यवस्था रहेको कारागारबाट ती कैदीलाई कसले भगायो ? सबैको चासोको विषय बनेको छ । कारागार व्यवस्थापनले ललितपुरका सहायक सिडिओ डमरु निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कारागार स्रोतका अनुसार २०७४ जेठदेखि थुनामा रहेका यी कैदी गत जेठ २२ मा सुन्धारास्थित केन्द्रीय कारागारबाट सरुवा भएर नख्खु पुगेका थिए । कान्तिपुर

प्रतिकृया दिनुहोस्

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...