News Portal

नेपालका बिद्यार्थीहरुले बनाए ‘सस्तो क्युब’ शैक्षिक सामाग्री, अमेरिका, जापान, युरोप र अस्ट्रेलियासम्म पठाउने लक्ष्य

हिमालीसंचार संवाददाता
५४३ पटक

काठमाडौं – नेपालका बिद्यार्थीहरुले स्कुल, कलेज पढ्ने बिद्यार्थीहरुका लागि सस्तो क्युब नाम दिएको शैक्षिक सामाग्री बजारमा ल्याउने तयारी रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए।

वैज्ञानिक महावीर पुनका अनुसारः ‘अन्तरीक्षमा पठाईने भू-उपग्रह अर्थात स्याटेलाईटको हुबहु नमुना हो। यो सामाग्री ६ कक्षादेखि माथिका विज्ञान बिषयमा अभिरुचि राख्ने बिद्यार्थीहरुले स्याटेलाइट कसरी बनाउने र त्यसले कसरी काम गर्छ भनेर सिक्नको लागि प्रयोग गर्न सक्ने बताएका छन् । सस्तो क्युबको प्रोटोटाइप बनाउने र बिकास गर्न अनुसन्धानको काममा राष्ट्रिय आविष्कार केन्द्रले पूर्ण रुपमा सहयोग गरेको समेत पुनले जानकारी दिए। 

वैज्ञानिक पुनले “सस्तो क्युब” बिद्यार्थीहरुले सिक्ने शैक्षिक सामाग्री हो।  यसलाई  बिद्यार्थीहरुले खोल खाल गर्न, जोडजाड गर्न र पुन टेस्ट गर्न सक्छन। यसलाई कसरी खोल्ने, कसरी जोड्ने र कसरी टेस्ट गर्ने भन्ने कुराको बिस्तृत निर्देशिका सहित बजारमा आउँने समेत बताएका छन् । 

वैज्ञानिक पुनले अझ थप प्रस्ट पार्दै यसलाई क्युबसात पनी भन्दछन्। बिकसित देशहरुले अनुसन्धानको लागि यस्ता  हजारौं क्युबसातहरु अन्तरीक्षमा पठाई रहेका छन्। 

नेपाल सरकारको सहयोगमा अभास मास्केको टोलीले बनाएको “क्युबसात” लाई नै ‘नेपालसात-१’ भन्ने नाम दिएर सन् २०१९ सालको अप्रिल महिनामा अन्तरीक्षमा पठाएको थियो। त्यो स्याटेलाइटले २८ महिनासम्म काम गरेर पृथ्वीमा झरेको थियो। त्यो नै नेपालको पहिलो स्याटेलाइट थियो। यो “सस्तो क्युब” पनी त्यही स्याटेलाइटको ठ्याक्कै अर्थात् हुबहु नमुना हो।

बिद्यार्थीहरुले सस्तो क्युबलाई नेपाल, अमेरिका, जापान, युरोप, र अस्ट्रेलिया जस्ता बिकसित मुलुकहरुको बिद्यालयहरुलाई शैक्षिक समाग्रीको रुपमा बेच्ने लक्ष्य राखिएको समेत बताए।  वैज्ञानिक पुनले बिदेशमा बस्नु हुने नेपालीहरुले आफ्नो छोराछोरीका लागि यो सामाग्री किनेर उनीहरुको जन्म दिनको अबसरमा उपहार दिन प्रभावकारी हुने समेत बताए । 

यसको मुल्य ६०० अमेरिकी डलर पर्न गएको समेत उनले जानकारी दिए।  तर धरै मात्रामा उत्पादन गर्यो भने मुल्य घट्ने समेत उनको तर्क रहेको छ। यो सामाग्रीको हेर्न, सम्पर्क गर्न चाहनेले फेसबुक पेज https://www.facebook.com/antarikchya माध्यमबाट समेत हेर्न सकिने बताईएको छ। 

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...