News Portal

माथिल्लो तामाकोसीको उत्पादन दिउँसोभन्दा साँझ–बिहान बढी

हिमालीसंचार संवाददाता
३१९ पटक

दोलखा। दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन दिनमा भन्दा साँझ-बिहानमा बढी हुने गरेको छ।

साँझ-बिहानमा विद्युत् माग बढी हुने भएकोले दिनमा भन्दा बढी साँझ, बिहानको समयमा विद्युत उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ठ प्रमुख मित्रमणि पोखरेलले जानकारी दिए। उनका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि १० बजेसम्म ३५० मेगावाटसम्म उत्पादन हुन्छ।

दिनमा ३० देखि ४० मेगावाट मात्र उत्पादन हुने गरेको छ। दिनमा भन्दा रातमा विद्युत् खपत हुने गरेकाले ६ वटै युनिटमा उत्पादित विद्युत मागअनुसार उत्पादन गरिएको प्रशासन वरिष्ठ प्रमुख पोखरेलले जानकारी दिए।

मङसिरदेखि जेठसम्म सुक्खा समयमा पानीको सतह घट्दै जाने हुँदा पिक आवरबाहेक उत्पादन घट्नु स्वाभाविक रहेको उनको स्पष्टोक्ति छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...