News Portal

सुनकाण्डमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

हिमाली संचार संवाददाता
६८६ पटक

काठमाडौं – ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका २ प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ ।

शाक्य हत्या प्रकरणको सूचना पाएर अनुसन्धान थालेको तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी र सुन तस्करीमा सघाउन रकम लिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा भएको हो ।

निलम्बन फुकुवा गरिएका खनालले सुन तस्करी समूहका नाइके चुडामणि उप्रेती ‘गोरे’ बाट तस्करीमा सघाउन रकम लिएको आरोप लागेको थियो । उनी जिल्ला प्रहरी कार्यालय, मकवानपुरका तत्कालिन प्रमुख थिए । खनालले विमानस्थल प्रहरी कार्यालयमा बस्दा गोरे समूहबाट रकम लिएको अारोप लागेको थियो ।

त्यस्तै, महाशाखाको तत्कालिन जघन्य अपराध पिल्लरका प्रमुख डिएसपी प्रजित केसीको निलम्बन फुकुवा प्रक्रिया सुरू भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले, केसीले निलम्बन फुकुवाका लागि ढिला गरी पत्र दिएकाले उनको प्रक्रिया पूरा भइनसकेको जनाए ।

प्रहरी नियमावली, २०७१ मा भएको व्यवस्था अनुरुप फौजदारी अभियोगमा गिरफ्तारी भएलगत्तै उनीहरु निलम्बित भएका थिए । उच्च अदालत, बिराटनगरले साधारण तारेखमा छोड्न आदेश दिएलगत्तै सोही व्यवस्थाबाट उनीहरुको निलम्बन फुकुवा गरिएको हो ।

गृह मन्त्रालयका एक अधिकारीले गृहसचिव प्रेमकुमार राईले उनीहरुमाथिको निलम्बन फुकुवा गरेको बताए । यद्यपि, निलम्बन फुकुवा गरिएको पत्र प्रहरी प्रधान कार्यालयसम्म नपुगुञ्जेल उनीहरु प्रहरी सेवामा फर्कने छैनन् ।

‘हामीलाई अहिलेसम्म त्यस्तो जानकारी आएको छैन’, केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले अनलाइनखबरसँग भने, ‘यदी निलम्बन फुकुवा भएको हो भने गृहबाट पत्र आउँछ । र, पत्र प्राप्त भइसकेपछि उहाँहरु नियमित कामकाजमा फर्किनु हुनेछ ।’

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...