News Portal

सुनकाण्डमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

हिमाली संचार संवाददाता
७१० पटक

काठमाडौं – ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका २ प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ ।

शाक्य हत्या प्रकरणको सूचना पाएर अनुसन्धान थालेको तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी र सुन तस्करीमा सघाउन रकम लिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा भएको हो ।

निलम्बन फुकुवा गरिएका खनालले सुन तस्करी समूहका नाइके चुडामणि उप्रेती ‘गोरे’ बाट तस्करीमा सघाउन रकम लिएको आरोप लागेको थियो । उनी जिल्ला प्रहरी कार्यालय, मकवानपुरका तत्कालिन प्रमुख थिए । खनालले विमानस्थल प्रहरी कार्यालयमा बस्दा गोरे समूहबाट रकम लिएको अारोप लागेको थियो ।

त्यस्तै, महाशाखाको तत्कालिन जघन्य अपराध पिल्लरका प्रमुख डिएसपी प्रजित केसीको निलम्बन फुकुवा प्रक्रिया सुरू भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले, केसीले निलम्बन फुकुवाका लागि ढिला गरी पत्र दिएकाले उनको प्रक्रिया पूरा भइनसकेको जनाए ।

प्रहरी नियमावली, २०७१ मा भएको व्यवस्था अनुरुप फौजदारी अभियोगमा गिरफ्तारी भएलगत्तै उनीहरु निलम्बित भएका थिए । उच्च अदालत, बिराटनगरले साधारण तारेखमा छोड्न आदेश दिएलगत्तै सोही व्यवस्थाबाट उनीहरुको निलम्बन फुकुवा गरिएको हो ।

गृह मन्त्रालयका एक अधिकारीले गृहसचिव प्रेमकुमार राईले उनीहरुमाथिको निलम्बन फुकुवा गरेको बताए । यद्यपि, निलम्बन फुकुवा गरिएको पत्र प्रहरी प्रधान कार्यालयसम्म नपुगुञ्जेल उनीहरु प्रहरी सेवामा फर्कने छैनन् ।

‘हामीलाई अहिलेसम्म त्यस्तो जानकारी आएको छैन’, केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले अनलाइनखबरसँग भने, ‘यदी निलम्बन फुकुवा भएको हो भने गृहबाट पत्र आउँछ । र, पत्र प्राप्त भइसकेपछि उहाँहरु नियमित कामकाजमा फर्किनु हुनेछ ।’

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...