News Portal

भ्रष्ट कर्मचारीलाई कारबाही गरे कार्यलय खाली हुने : अख्तियार प्रमुख घिमिरे

हिमाली संचार संवाददाता
६८९ पटक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् ।

भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए । ‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन्’ घिमिरेले अगाडि भने, त्यसमा ८० जनासम्म संलग्न छन् । सबैलाई एकैचोटी निलम्बना गरौं भन्दा कर्मचारी व्यवस्था गरादिनुस् भन्ने आयो ।’

बुधबार राज्य व्यवस्था समितिमा उपस्थित घिमिरेले धादिङमा एउटै मुद्दामा ४७ जनाविरुद्ध मुद्धा चलाएको सुनाए ।भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा मालपोत र नापीमा कर्मचारी नै नहरने अवस्था आएको भन्दै उनले यो अख्तियार, नागरिक समाज सबैका लागि चुनौती भएको बताए ।

नापी र मालपोतका कर्मचारीले सेवाग्राहीसँग सिधै घुस नलिएर नयाँनयाँ उपाय खोजेको उनले बताए ।

सेनालाई निमार्ण आयोजना दिँदा सरकारले सोचोस्

अख्तियार प्रमुख घिमिरेले कुनैपनि आयोजना निमार्णको जिम्मा नेपाली सेनालाई दिँदा ख्याल गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘जाजरकोट दुलही सडक निमार्णका क्रममा निमार्ण व्यावसायीहरुले ठूला ढुङ्गाहरु, चट्टानहरु फुटाउन सकेनन । त्यस्ता कठिन कार्यमा आर्मीलाई प्रयोग गर्नु एउटा कुरा हो’ अख्तियार प्रमुख घिमिरेले भने, ‘तर अन्य तराईका क्षेत्रहरुमा आर्मी प्रयोग गर्नु उपयुक्त हो कि होइन, सरकारले सोचोस् ।’

नेपाली सेना अख्तियारको क्षेत्राधिकार भित्र पर्दैन । आफूले विगतमा रक्षा सचिव र गृहसचिव भएर समेत काम गरेको अनुभव सुनाउँदै प्रमुख आयुक्त घिमिरेले आफूहरु संवैधानिक दायरामा रहेको बताए ।

डिआइजीविरुद्ध ३ करोड भ्रष्टाचारको मुद्धा !

घिमिरेले अख्तियारले साना माछा मात्रै समात्यो र ठूला माछा हेरेन भन्ने आरोप सत्य नरहेको बताए । दुई रुपयाँ भ्रष्टाचार भएको भएपनि त्यो अपराध हो भनेर काम गरिरहेको उनले बताए ।

भैरहवाको एउटा मुद्धामा डीआईजीले ३ करोड भ्रष्टाचार गरेको विषयमा अनुसन्धान भइरहेको उनले बताए । तर, उनले यसबारे थप खुलाएनन् । कुनैपनि मुद्धा दर्ता हुने वित्तिकै नाम लिस्टसहित सार्वजनिक नगर्ने र व्यक्तिको सार्वजनिक प्रतिष्ठालाई ख्याल गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...