News Portal

भ्रष्ट कर्मचारीलाई कारबाही गरे कार्यलय खाली हुने : अख्तियार प्रमुख घिमिरे

हिमाली संचार संवाददाता
६३० पटक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् ।

भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए । ‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन्’ घिमिरेले अगाडि भने, त्यसमा ८० जनासम्म संलग्न छन् । सबैलाई एकैचोटी निलम्बना गरौं भन्दा कर्मचारी व्यवस्था गरादिनुस् भन्ने आयो ।’

बुधबार राज्य व्यवस्था समितिमा उपस्थित घिमिरेले धादिङमा एउटै मुद्दामा ४७ जनाविरुद्ध मुद्धा चलाएको सुनाए ।भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा मालपोत र नापीमा कर्मचारी नै नहरने अवस्था आएको भन्दै उनले यो अख्तियार, नागरिक समाज सबैका लागि चुनौती भएको बताए ।

नापी र मालपोतका कर्मचारीले सेवाग्राहीसँग सिधै घुस नलिएर नयाँनयाँ उपाय खोजेको उनले बताए ।

सेनालाई निमार्ण आयोजना दिँदा सरकारले सोचोस्

अख्तियार प्रमुख घिमिरेले कुनैपनि आयोजना निमार्णको जिम्मा नेपाली सेनालाई दिँदा ख्याल गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘जाजरकोट दुलही सडक निमार्णका क्रममा निमार्ण व्यावसायीहरुले ठूला ढुङ्गाहरु, चट्टानहरु फुटाउन सकेनन । त्यस्ता कठिन कार्यमा आर्मीलाई प्रयोग गर्नु एउटा कुरा हो’ अख्तियार प्रमुख घिमिरेले भने, ‘तर अन्य तराईका क्षेत्रहरुमा आर्मी प्रयोग गर्नु उपयुक्त हो कि होइन, सरकारले सोचोस् ।’

नेपाली सेना अख्तियारको क्षेत्राधिकार भित्र पर्दैन । आफूले विगतमा रक्षा सचिव र गृहसचिव भएर समेत काम गरेको अनुभव सुनाउँदै प्रमुख आयुक्त घिमिरेले आफूहरु संवैधानिक दायरामा रहेको बताए ।

डिआइजीविरुद्ध ३ करोड भ्रष्टाचारको मुद्धा !

घिमिरेले अख्तियारले साना माछा मात्रै समात्यो र ठूला माछा हेरेन भन्ने आरोप सत्य नरहेको बताए । दुई रुपयाँ भ्रष्टाचार भएको भएपनि त्यो अपराध हो भनेर काम गरिरहेको उनले बताए ।

भैरहवाको एउटा मुद्धामा डीआईजीले ३ करोड भ्रष्टाचार गरेको विषयमा अनुसन्धान भइरहेको उनले बताए । तर, उनले यसबारे थप खुलाएनन् । कुनैपनि मुद्धा दर्ता हुने वित्तिकै नाम लिस्टसहित सार्वजनिक नगर्ने र व्यक्तिको सार्वजनिक प्रतिष्ठालाई ख्याल गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...