News Portal

नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ

हिमालीसंचार संवाददाता
४१० पटक

कुवेत सिटी। नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको छ।

कुवेतस्थित नेपाली राजदुताबासका अनुसार सो अवसरमा नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का र कुवेत सरकारका परराष्ट्रमन्त्री तथा मन्त्रिपरिषद् मामिला राज्यमन्त्री महामहिम डा.अहमद नासेर अल मोहम्मद अल–सबाहबीच आज टेलिफोन वार्ता भएको हो।

दुई पक्षबीच आपसी हितका विविध विषयमा, कोभिड–१९ सम्बन्धी सहयोग र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको दुताबासद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।

नेपाल र कुवेत देशबीच कूटनीतिक सम्बन्धको स्थापना सन् १९७२ मा भएको थियो।

यस्तो छ बिज्ञप्ति:

प्रेस विमोचन
—————-
नेपालका माननीय परराष्ट्रमन्त्री डा.नारायण खड्का र कुवेत सरकारका परराष्ट्रमन्त्री तथा मन्त्रिपरिषद् मामिला राज्यमन्त्री महामहिम डा.अहमद नासेर अल मोहम्मद अल–सबाहबीच आज टेलिफोन वार्ता भएको छ।
दुई पक्षबीच आपसी हितका विविध विषयमा, कोभिड–१९ सम्बन्धी सहयोग र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको थियो।
सन् २०२२ ले नेपाल र कुवेत राज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ हो।

————————————————–
नेपाली राजदूतावास, कुवेत राज्य
२८ जनवरी २०२२

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...