News Portal

  • नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ

    हिमालीसंचार संवाददाता
    ३१४ पटक

    कुवेत सिटी। नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको छ।

    कुवेतस्थित नेपाली राजदुताबासका अनुसार सो अवसरमा नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का र कुवेत सरकारका परराष्ट्रमन्त्री तथा मन्त्रिपरिषद् मामिला राज्यमन्त्री महामहिम डा.अहमद नासेर अल मोहम्मद अल–सबाहबीच आज टेलिफोन वार्ता भएको हो।

    दुई पक्षबीच आपसी हितका विविध विषयमा, कोभिड–१९ सम्बन्धी सहयोग र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको दुताबासद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।

    नेपाल र कुवेत देशबीच कूटनीतिक सम्बन्धको स्थापना सन् १९७२ मा भएको थियो।

    यस्तो छ बिज्ञप्ति:

    प्रेस विमोचन
    —————-
    नेपालका माननीय परराष्ट्रमन्त्री डा.नारायण खड्का र कुवेत सरकारका परराष्ट्रमन्त्री तथा मन्त्रिपरिषद् मामिला राज्यमन्त्री महामहिम डा.अहमद नासेर अल मोहम्मद अल–सबाहबीच आज टेलिफोन वार्ता भएको छ।
    दुई पक्षबीच आपसी हितका विविध विषयमा, कोभिड–१९ सम्बन्धी सहयोग र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको थियो।
    सन् २०२२ ले नेपाल र कुवेत राज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ हो।

    ————————————————–
    नेपाली राजदूतावास, कुवेत राज्य
    २८ जनवरी २०२२

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको आरोप : सरकार मलाई थुन्न खोज्दैछ

    काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्ने...

    ओलीको भनाइ: “विद्या भण्डारीका लागि कोही माइती बनेर आउनु पर्दैन”

    काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको...

    वाईसीएलले प्रधानमन्त्री कार्कीको सम्पत्ति छानबिनको माग गरे

    काठमाडौं, ३१ असोज – नेकपा (माओवादी केन्द्र) अन्तर्गतको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री...

    जेनजी आन्दोलनमा जलेका जग्गाधनीका अभिलेख पुनः कायम गराउन मालपोत कार्यालयको आग्रह

    रुपन्देही, असोज ३१ — जेनजी आन्दोलनका क्रममा जलेका जग्गाधनीका कागजपत्र पुनः व्यवस्थित गर्न मालपोत कार्यालय...

    मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल गठनको घोषणा, वार्ता समिति गठन

    काठमाडौं, असोज ३१ — जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका...