News Portal

  • हङकङमा अहिले सम्मकै उच्च संक्रमण १६४ जानामा संक्रमण

    हिमालीसंचार संवाददाता
    २०४ पटक

    युवा राई – हङकङ  सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार कोभिड-१९ को नयाँ १६४ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ। यो महामारी पछिकै सर्वाधिक उच्च सङ्ख्या हो।कुल १६४ संक्रमितमध्ये ४७ आयातित र बाँकी ११७ स्थानीयसंग सम्बन्धित रहेका छन्। ७ केसको संक्रमणको स्रोत खुलेको छैन।आज पनि करिब १०० प्रारम्भिक केसहरू रेकर्ड भएका छन्।
    धेरै जसो केसहरू ओमिक्रोन भेरियन्टसँग सम्बन्धित रहेका छन् भने तीन देखि चार केसहरू मात्र डेल्टा भेरियन्टसंग सम्बन्धित रहेको स्वास्थ्य अधिकारीले बताएका छन्।
    हङकङकी कार्यकारी प्रमुख क्यारी लामले बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै सबै विद्यालयको आमने-सामने (फेस टु फेस) कक्षाको निलम्बन फेब्रुअरी २१ सम्म लम्बाइने बताएकी छन्। अर्को महिनाको १७ तारिखसम्म दुई हप्ताको लागि ठूलो मात्रामा भीडभाड र जमघट गर्न पनि नपाउंने जनाइएको छ।
    त्यस्तै, सरकारले फेब्रुअरी २४ देखि “भ्याक्सिन बबल” लाई धेरैजसो इनडोर स्थानहरूमा विस्तार गर्ने जनाइएको छ। खोप लगाएकोले मात्र “भ्याक्सिन पास” लिएर ती स्थानहरूमा प्रवेश गर्न पाउंने छन्।
    यसैबीच, क्यारी लामले हङकङ आउने यात्रुहरूका लागि २१ दिनको क्वारेन्टिन समयलाई ५ फेब्रुअरीबाट १४ दिनमा घटाउने बताएकी छन्। यद्यपि तिनीहरूले आगामी ७ दिनसम्म मेडिकल निगरानीमा बस्नु पर्ने बताएकी छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...