News Portal

लोसपामा शक्ति संघर्ष: ठाकुर-महतोबीच बोलचालै बन्द

हिमालीसंचार संवाददाता
३५५ पटक

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ। प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको खबर आजको राजधानीदैनिकमा सुभाष साहले लेखेका छन्।

अध्यक्ष ठाकुरको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता महतो पार्टी कार्यालय जान पनि छाडेका छन्। ‘महन्थजी र राजेन्द्रजीको बीचमा बोलचाल समेत बन्द भएको अवस्था छ। राजेन्द्रजी त पार्टी कार्यालयमासमेत आउन छाडेको छन्।

महिनौं बितिसक्दा पनि राजेन्द्रजीलाई पार्टी कार्यालयमा देखिएको छैन, पार्टी बैठक नबसेको पनि लामै समय भयो, यसले सबैलाई निराश बनाएको छ,’ जसपा स्रोतले भन्यो।

अध्यक्ष ठाकुरले पार्टीमा छलफल नै नगरी जिम्मेवारी बाँड्न थालेपछि पार्टी पार्टीका रूपमा अघि नबढेको एक असन्तुष्ट नेताले बताए। अध्यक्ष ठाकुरले पार्टीको प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष नियुक्त गर्नुका साथै विभिन्न जिल्लामा अध्यक्ष तोक्न थालेपछि विवाद बढेको छ। प्रदेश २ का पूर्वमन्त्रीसमेत रहेका सोनल प्रदेश सांसद तथा लोसपा कार्यकारिणी समितिका सदस्यसमेत हुन्। उनी तत्कालीन तमलोपा ठाकुर समूहका नेता हुन्।

यस्तै, अध्यक्ष ठाकुरले विभिन्न जिल्लामा अध्यक्ष नियुक्त गरेका छन्। बारामा नवलकिशोर सिंह, पर्सामा पुरुषोत्तम झा, रौतहटमा लिला साह, सर्लाहीमा रामप्रसाद यादव, महोत्तरीमा रामबाबु साहलाई ठाकुरले अध्यक्ष नियुक्त गरेका छन्।

यसैगरी धनुषामा प्रमेश्वर साह, सिराहामा रामदयाल यादव, सप्तरीमा सुनिलकुमार झा, कपिलवस्तुमा कैलाश अग्रहरी र मोरङमा काविर अलीलाई जिल्ला अध्यक्ष नियुक्त गरेका छन्। बाराका सिंह, पर्साका झा, धनुषाका साह, सर्लाहीका यादव र मोरङका अली ठाकुर निकट नेता हुन्। यी अध्यक्ष ठाकुर अध्यक्ष रहेको तत्कालीन तमलोपा समूहका हुन्।

यस्तै महोत्तरीका साह, सिराहामन यादव लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी निकट हुन्। यी अध्यक्षहरू भण्डारी अध्यक्ष रहेको तत्कालीन रामसपा समूहका हुन्।रौतहका अध्यक्ष साह लोसपा नेता अनिल झा निकट रहेका छन्। सप्तरीका अध्यक्ष झा, कपिलवस्तुका अध्यक्ष अग्रहरी वरिष्ठ नेता राजेन्द्र महतो समूहका हुन्। यी अध्यक्ष महतो अध्यक्ष रहेको तत्कालीन सद्भावना पार्टीका नेता हुन्।

प्रदेश २ मा महतो निकट मानिने तत्कालीन सद्भावना पार्टीका नेतालाई जिम्मेवारी नदिएको भन्दै उनी निकटका नेताले विरोध गर्दै आएका छन्। जिल्ला जिल्लामा निर्णय गरेर विरोध हुनुका साथै पर्सासहित कतिपय जिल्लामा प्रदर्शन समेत भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...