News Portal

मुम्बईमा २० तल्ले भवनमा आगलागी: ६ जना वृद्धवृद्धासहित ७ को मृत्यु, तीनको अवस्था गम्भीर

हिमालीसंचार संवाददाता
३१६ पटक

मुम्बई। भारतको मुम्बईस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने, १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुमा खबर छ। बीस तल्ले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये ६ जना वृद्धवृद्धा हुन्।

आगो तान्डदेव इलाकाको कमला सोसाइटीको १९औं तल्लामा लागेको हो। करिब पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण थाहा भएको छैन।

बृहन्मुम्बई महानगरपालिकाका अधिकारीका अनुसार नायर अस्पतालमा पाँच तथा कस्तुरबा अस्पताल र भाटिया अस्पतालमा एक/एक जनाको मृत्यु भएको हो। मुम्बई प्रशासनका अनुसार जलेर घाइते भएका १९ मध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरुको आईसीयूमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...