News Portal

  • गेउरिया पुल दुर्घटनाको हट स्पाेट बन्दै, कार्वाहीकाे लागि निवेदन दर्ता

    हिमालीसंचार संवाददाता
    २१४ पटक

    रबिन्द्र बराल। माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका-२ स्थित गेउरीया पुल पछिल्लो समय दुर्घटनाको लागि हट स्पाेट बन्दै गएको छ।

    बर्षाेदेखि ठेक्केदारकाे लापरबाहीका कारणले गर्दा समयमै पुल निर्माणकार्य सम्पन्न नहुदा साे ठाउँमा पटक-पटक दुर्घटना हुदै आईरहेकाे छ। एक बर्षकाे अबधिमा उक्त ठाउँमा एक दर्जन भन्दा बढि माेटरसाईकल दुर्घटना हुनुकाे साथै एक जनाले ज्यान समेत गुमाईको प्रहरीले जनाएको छ।

    त्यसगरी केही दिन अगाडि राति कानेपाेखरी स्थित कालिस्थान नजिकै आगलागी भएको ठाउँमा रंगेलीबाट आगाे निभाउन जादै गरेको रंगेली नगरपालिकाकाे दमकल समेत साेहि ठाउँमा माेटरसाईकल लाई साईड दिने क्रममा दकमल समेत पल्टिएको थियोे। बारम्बार दुर्घटना हुदा समेत ठेक्केदार कम्पनी लाई कुनै निकायल कार्वाही नगरेको भन्दै कारवाहिकाे लागि जिल्ला प्रशासन कार्यालय बिराटनगरमा कानेपाेखरीका दुई युवा राजेन्द्र कुमार मण्डल(अविनाश) र अर्जुन कुमार आचार्यले समयमै निर्माण नगर्नलाई कारबाही गर्नेका लागि निवेदन समेत दर्ता गराएका छन।

    निवेदन यस्तो छ:

    श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू जिल्ला प्रशासन कार्यालय मोरङ।
    विषय : ठेक्का लागेको गेउरिया खोलाको पल समयमै निर्माण नगर्नलाई कारबाही गरिपाउँ।
    महोदय,
    उपरोक्त सम्बन्धमा मोरङको कानेपोखरी-२ (दर्बेसा र केराउन जोड्ने) मा रहेको गेउरिया खोलाको पुल निर्माणका लागि आर्थिक वर्ष २०७०/०७१ मै ठेक्का लागेको थियो । उक्त पुल निर्माणको ठेक्का Future/Saraujdin_J.V. Butaha, Sunsari (सराजदिन अन्सारी ९८५२०४१२६७) ले पाएको थियो र सम्झौता पनि भएको हो । २ वर्षभित्र सक्ने गरी सम्झौता भएपनि ७ वर्ष वितिसक्दा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा उक्त ठाउँमा सर्वसाधरण आवतजावतमा समस्या छ । समस्या मात्रै होइन गत बुधबार राती आगो निभाउन हिडेको दमकल खोलाबाटै तर्ने क्रममा त्यहाँ पल्टिएको थियो। सो स्थानमा यसखालका सवारी साधन पल्टिने दुर्घटना क्रम लामो समयदेखि निरन्तर जारी छ । यसको सम्पूर्ण कारण भनेको पुल नहुनु नै हो। पुल निर्माण गर्ने सम्झौता गरेर पुल निर्माण नगर्दा भइरहेको क्षतिको जिम्मेवारी कसले लिने ? त्यसका साथै पुल निर्माणमा किन लापरवाही भइरहेको छ ? आवश्यक छानविन गरी दोषि उपर कारबाही गर्न तथा छिटोभन्दा छिटो उक्त पुल निर्माणको लागि पहल गरिदिन यो निवेदन पेश गरेका छौं भनेका छन। जिल्ला प्रशासन मा माघ ६ गते निवेदन दिएको र १७५२ नम्बर मा दर्ता समेत गरिएको छ । बिगत ८ बर्ष देखि उक्त पुल अलपत्र भएता पनि तीन महिना अगाडि देखि पुल निर्मण सुरु गरेर पुलकाे दुवै साईडमा पिलर बनाएर छाडेपछि अहिले साेहि पिलर मा ठाेकिएर एक जनाएको ज्यान समेत गईसकेकाे स्थानीयले बताए । पुल काे निर्माणकार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेवि ले ठेेेक्का पाएकाे थियोे । १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँ मा ठेक्का समेत पाएकाे थियोे । उक्त कम्पनी ले ५७ लाख रुपैयाँ समेत भुक्तानी लगिसकेकाे बुझिएको छ।

    सराउद्विन जेवि ले दुई बर्ष भित्र पुल निर्माणकार्य सम्पन्न गरि सकेर नेपाल सरकारलाई हस्तान्तरण गरिसक्नु पर्ने भएता पनि ८ बर्ष बितिसक्दा समेत पुल काे काम भने सम्पन्न हुन नसक्दा दैनिकी साे सडकमा दुर्घटना हुदै आईरहेकाे छ। दैनिकी उक्त सडक बाट सयौं सवारीसाधन हरु आवतजावत गर्ने गरेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...