News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एनआरएनए कुवेतले तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै

    हिमालीसंचार संवाददाता
    २३३ पटक

    कुवेत सिटि। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा यहि शुक्रबार अर्थात २१ जनवरिका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। यसअघि एनआरएनए कुवेतले पहिलो चरणको सालमियास्थित मेट्रो मेडिकलसंग र दोस्रो चरणको मङ्गाफको फाहाहिल स्पोर्टिङ क्लवमा भलिबल प्रतियोगिता संगै एकैपटक MedX Medical Care संग सम्पन्न गरिसकेको छ।

    तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविर भने MedX Medical Care संग मेडेक्स हस्पिटलमै गर्ने निर्णय भएको जानकारी एनआरएनए कुवेतका महासचिव तथा तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविर कार्यक्रमका संयोजक मानबहादुर तामाङले बताए। उनका अनुसार यसपाली महिलाहरुलाइ लक्षित गरि शिविर आयोजना गरिएको भएतापनी पुरुषहरुले पनि यसको फाइदा उठाउन सक्नेछन।

    यसपालिको शिविरमा पहिलो र दोस्रो चरणमा गरिएको भन्दा फरक ढङ्गले फरक चेकजाँच हुने महासचिव तामाङले बताएका छन। यसपालिको शिविरमा उपस्थित हुनेहरुले CBC, FBS, CHOLESTEROL, ECG, URIN TEST र GP सम्बन्धी फाइदा लिन सक्नेछन। CBC (complete blood count) अन्तरगत सबै रगतसंग सम्बन्धित रोगहरु चेकजाँच हुनेछ भने FBS (Fasting blood sugar) अन्तरगत सुगर, प्रेसर इत्यादी चेकजाँच हुनेछन। त्यसपछी क्लोरोस्टेरोल ECG, URIN र GP (General Practitioner) Consultation हुनेछ।

    “फरक हस्पिटलसंग फरक स्थानम यस्तो शिविर गर्दा सबैतिरको नेपालिहरुले लाभ लिन सक्छ भन्ने उदेश्यले यसपाली फाहाहिल हाम्रो रोजाइको स्थान बनेको हो।” उनले भने। उनले पहिले जस्तै बढी भिँडभाँड र अव्यवस्थित हुन्छ भनेर डाक्टर, हस्पिटल म्यानेजमेन्ट र संस्थाभित्र पनि सल्लाह गरेर रजिस्टर गरेर फाइल बनाएपछी सिधा ल्याब टेस्टमा पठाउने, ल्याबमा ब्लड र युरिन दिएपछी क्लोरोस्टेरोल र इसिजिमा पठाउने, इसिजि सकिएपछी ल्याबको आफ्नो ब्लड र युरिनको रिपोर्ट पर्खिने र रिपोर्ट आएपछी रिपोर्ट लिएर डाक्टर कन्सल्ट्रेशनमा जाने गरि सहज बाटो तय गरेको छ।

    साथै, कोरोनाको बढ्दो महामारीलाई मध्येनजर गर्दै  शिविरमा आउँदा सबैले अनिवार्य मास्क प्रयोग गर्नुहुन अनुरोध गरिएको छ।

    थप जानकारिका लागि सम्पर्क:

    १) श्रवण गाहा मगर – ६९०५८०२७
    २) सजिना गुरुङ – ६६५७८२०७
    ३) टीका आचार्य – ९७५९३४५२
    ४) मनिष केसि – ५१००३६११
    ५) हेमन्त नगरकोटी – ६०७५३८४९

    प्रतिकृया दिनुहोस्

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...

    कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

    काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी...