News Portal

  • अफगानी जनतालाई नेपालले पठायो औषधि र लत्ताकपडा !

    हिमालीसंचार संवाददाता
    २३९ पटक

    काठमाडौँ। नेपालले अफगानिस्तानका जनताका लागि औषधि र लत्ताकपडा पठाएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए।

    मन्त्री खड्काका अनुसार नेपालले जहाजमार्फत् आवश्यक सामग्री अफगानिस्तान पठाएको छ। हिमालय एयरलाइन्सको जहाजमार्फत् औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करिब १४ टन सामग्री अफगानिस्तान पठाइएको हो।

    जहाज अब करिब साढे ३ घन्टामा काबुलस्थित विमानस्थलमा पुग्नेछ। परराष्ट्र मन्त्री खड्काका अनुसार अफगानिस्तानका करिब २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा छन्। तीमध्ये ३० लाख बालबालिका कुपोषणबाट ग्रस्त रहेको उनले बताए।

    ‘अफगानी जनताका लागि अन्तर्राष्ट्रिय सहयोग यतिबेला ठप्प भएको अवस्थामा नेपालले मानवीय सहयोग पुर्‍याउनुपर्छ भनेर विशेष जहाजबाट आज सामग्री पठाउन लागेका हौं,’ उनले भने, ‘सरकारलाई कुनै व्ययभार नपारी निजी क्षेत्रकै सहयोगबाट हामीले इतिहासमै पहिलोपटक यस्तो सहयोग गर्न लागेका छौं।’

    प्राकृतिक प्रकोपमा नेपाल परेका बेला विभिन्न देशबाट सहयोग लिएको स्मरण गर्दै उनले नेपालले पनि परेका बेला सहयोग गर्न सक्ने बताए। ‘हामी सहयोग गर्न पनि सक्छौं भन्ने सन्देश दिनुछ। नेपालले परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्ने सामर्थ राख्छ,’ उनले भने, ‘यो प्रयासबाट नेपालको छवि र प्रतिष्ठा अन्तर्राष्ट्रिय समुदायमा बढ्छ भन्ने विश्वास छ।’

    जहाज काबुलमा अवतरण गरेपछि त्यहाँ संयुक्त राष्ट्रसंघको गाडी आउने र उक्त गाडीबाट सामग्री लगेर हस्तान्तरण गरिने मन्त्री खड्काले बताए। औषधिलगायत सामग्री बोकेको जहाजमा नेपालका तर्फबाट मन्त्रालयकी सहसचिव सेवा लम्साल, मन्त्रालयका कर्मचारी, उद्योगी तथा व्यवसायीहरू र पत्रकारहरू रहनेछन्।

    ‘संयुक्त राष्ट्रसंघले त्यहाँ आवश्यकता परेको सामग्रीको लिष्ट दिएअनुसार नै औषधि, लत्तकपडा लगायतका सामग्री हामीले पठाएका छौं,’ उनले भने, ‘त्यहाँ जाडो छ, त्यसैले पनि लत्ताकपडा पठाइएको हो।’

    केही महिनाअघि तालिबानले सत्ता कब्जा गरेको मुलुक अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएपछि नेपालले सहयोग गरेको हो। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि गत अगस्टमा असरफ घानी नेतृत्वको सरकार ढलेको थियो। तालिबानहरूले सत्ता कब्जा गरे पनि उनीहरूको सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन।

    नेपालले पनि तालिबान नेत‌ृत्वको सरकारलाई मान्यता दिएको छैन। परराष्ट्र मन्त्री खड्काले तालिबान सरकारलाई मान्यता नदिइने बताए। तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता रोकिएको छ। चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन्।

    अफगानिस्तानमा अमेरिकी सैनिक हुँदा ठूलो संख्यामा नेपालीहरू सेक्युरिटी गार्डको काम गर्न अफगानिस्तान पुगेका थिए। अहिले पनि संयुक्त राष्ट्र संघका अफगानिस्तानस्थित विभिन्न कार्यालयमा नेपालीहरू कार्यरत छन्।

    प्रतिकृया दिनुहोस्

    एकीकृत समाजवादी फुट्ने हल्लाकाबीच अध्यक्ष नेपालले आह्वान गरे संसदीय दलको बैठक

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीकाे संसदीय दलको बैठक आह्वान गरेका छन्। जनता...

    अशोक राई नेतृत्वको जनता समाजवादी फुट्यो

    काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ। आइतबार बसेको...

    तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न

    कुवेत-“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४...

    आज बैशाख-२३ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २३ गते आइतबार इश्वी सन २०२४ मे ५...

    सशस्त्र प्रहरीले जोगायो नदीले बगाउँदै गरेका व्यक्तिको ज्यान

    सप्तरी। बैशाख २१ गते बिहान करिब ९ बजेको हुँदो हो। कन्चनरुप नगरपालिका–१ स्थित बैरवाको उत्तर...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal