News Portal

युएईमा पहिलो पटक शेर-सङ्गीत मुशायरा हुँदै

हिमालीसंचार संवाददाता
३३७ पटक

डि जि शर्मा -युएई लोकप्रिय गायक राज सिग्देल र पछिल्लो समयका चर्चित युवा गजलकार प्रदीप रोदनको संयुक्त प्रस्तुतिमा युएईमा पहिलो पटक “शेर-सङ्गीत मुशायरा” हुने भएको छ।अङ्ग्रेजी नयाँ बर्ष २०२२ को आगमनसँगै नेपाली व्यवसायी संगठन (एन्.ए.पि.) ले आयोजना गर्न लागेको कार्यक्रम आगामी जनवरी ३० तारिख आइतबारका दिन हुन लागेको हो।

संगठनले युएईमा पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रममा स्थानीय म्युजिक ब्याण्ड “आर्ट अफ डिन” को विशेष प्रस्तुति रहनुका साथै युएईमा रहनु भएका नेपाली कलाकार र साहित्यकारहरुको पनि प्रस्तुति रहने आयोजक समितिका संयोजक तथा गजलकार जे. सागरले जानकारी गराउनु भएको छ।

गजलको मर्म बुझेर गाउन सक्ने गायक र स्टेजमा उभिएर वाचन गर्दा सबैको मन मुटु हल्लाउन सक्ने गजलकारलाई युएईमा आमन्त्रण गरेर कार्यक्रम गर्ने लामो समयदेखिको आफ्नो सपना पूरा हुन लागेकोमा संयोजक जे. सागर खुसी व्यक्त गर्नु हुन्छ । साथै संगठने आगामी दिनमा पनि यस किसिमका अन्य कार्यक्रमहरु गर्दै जाने उहाँले उल्लेख गर्नु भयो।

अनुप्रिया र संयोजक जे. सागरले सञ्चालन गर्ने कार्यक्रम युएईको बर-दुबई स्थित होटल याक एण्ड यती एभरेष्ट अस्टोरियामा शनिबार स्थानीय समय दिउँसो एक बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

प्राइम एक्प्रेस, रोड टुरिजम र घान्तूत नेपाली क्याफे मुख्य प्रायोजकको रुपमा रहने कार्यक्रमको सहयोगी संस्थाको रुपमा सिर्जना वाचन डबली, अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स), अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र लालीगुँरास फुटबल क्लब युएई रहने छन। त्यसैगरी नेपालको एकमात्र साहित्यिक अनलाइन दैनिक पत्रिका साहित्यपोस्ट कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहने आयोजक समितिले जनाएको छ।

गायक राज सिग्देलको यो दोस्रो युएई साङ्गीतिक भ्रमण हो भने गजलकार प्रदीप रोदन युएईमा पहिलो पटक प्रस्तुतिका लागि आउँदै हुनुहुन्छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...