News Portal

भक्तपुरमा टिपरले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु टिपरमा आगजनी

हिमाली संचार संवाददाता
८३९ पटक

काठमाडौं – भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक दराउने पोखरी–२ घर भएका रामकृष्ण श्रेष्ठ रहेका छन् ।

भक्तपुरको जगतेबाट सल्लाघारी आउँदै गरेको बा. ४ ख ३६५० नम्बरको टिपरले बा. ८८ प ८५२ नम्बरको मोटरसाइकललाई भक्तपुरको सुर्यविनायक नगरपालिका पाण्डुबजार चोकमा ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।

घाइते श्रेष्ठलाई उपचारको लागि भक्तपुर अस्पताल पठाइएको थियो । भक्तपुर अस्पतालले श्रेष्ठलाई सात बजे मृत घोषणा गरेको हो ।

महानगरी प्रहरी परिसर, भक्तपुरका अनुसार ट्रिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले टिपर तोडफोड गर्नुको साथै आगजनी पनि गरेका छन् । ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले ट्रिपर तोडफोड गर्नुको साथै आगजनी पनि गरेका हुन् ।

टिप्परमा लागेको आगो निभाउन गएको जुद्धवारुण यन्त्र भक्तपुरमा दमकललाई समेत आक्रोशित भीड्ले आक्रमण गरको छ । जसबाट आगो निभाउन भएका दमकल चालक र अन्य कर्मचारी समेत घाइते भएका छन् ।

अहिले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रनाउ रेवती रमण पोखरेलले जानकारी दिए । ठक्कर दिने ट्रिपरका चालक प्रहरीको सम्पर्कमा आएको र अन्य जानकारी केही आउने पोखरेलले बताए ।

यसअघि काठमाडौं उपत्यकामा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म टिपर चलाउने नपाइने निर्णय गरेको थियो । तर गृह मन्त्रालयले रोक लाएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयले समेत केही टिपरलाई चल्न दिने निर्णय गरेका थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...