News Portal

तमु प्ये ल्हु शाखा कुवेतको ल्होसार विविध सास्कृतिक कार्यक्रम सहित सम्पन्न

हिमालीसंचार संवाददाता
३४३ पटक

कुवेत – तमु प्ये ल्हु शाखाको कुवेतको आयोजनामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको सभापतित्वमा इन्द्र गुरुङले गर्नु भएको थियोे। कार्यक्रम संचालन अमन गुरुङ र सचिव रिजन गुरुङ सचालन गरेका थिए।प्रमुख अतिथि कृष्ण बलाल थिए।तमुहरुको महान चाड तमु ल्होसारको अवसरमा ल्वो(गाई वर्ग) ल्हो लाई विदाई र तो (बाघ वर्ग) ल्हो लाई स्वागत गर्दै गत शुक्रबार ७ जनवरी कुवेतकाे कवड कुवेतको कभर्डहलमा भब्यरुपमा मनाइयो।                                 
कार्यक्रममा विभिन्न साँस्कृति नृत्यहरु प्रस्तुत गरिएको रिजन गुरुङले जानकारी दिए । स्वदेशमा मात्र नभई विदेशमा पनि आफ्नो जातीको संस्कार, संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको गुरुङले बताए।                                                  सोहि कार्यक्रमकै अवसरमा विभिन्न समयमा गुरुङहरुको संस्कृति संरक्षणमा योगदान पुयाउनुभएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।कार्यक्रममा सहभागि सबै जना गुरुङको मौलिक पोशाकमा सजिएर आएका थिए। कार्यक्रममा उपस्थित सबैजनालाई राम्रो खानपिनकाे व्यवस्था गरिएको थियो

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...