News Portal

  • अन्तर नेपाली भलिवल प्रतियोगिताकाे उपाधि लुम्बिनी समाज कुवेतले जित्यो

    हिमालीसंचार संवाददाता
    २३५ पटक

    कुवेत – कुवेतको फाहाहिल स्पोर्टस क्लबमा आयोजित प्रतियोगिताको फाइनल खेलमा नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवारसँग अत्यन्तै रोचक र कडा प्रतिस्पर्धा गर्दै लुम्बिनी समाज उपाधि चुम्न सफल भएको हो।

    प्रतियोगितामा नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार उपबिजेता बन्न सफल भएको छ भने कल्याणकारी नेपाली युवा समाज कुवेत सबैभन्दा उत्कृष्ट टीमसँगै तृतीय भएको छ ।

    प्रतियोगितामा प्रथम हुने लुम्बिनी समाजले २०१ केडि नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गर्ने टीमले १२५ केडी, तृतीय स्थान हासिल गर्ने टीमले ५१ केडी नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    त्यस्तै उत्कृष्ट खेलाडी नरेन्द्र सारु र उत्कृष्ट स्पाइकर अच्युत श्रेष्ठले क्रमशः नगद २५ केडिसहित ट्रफी प्राप्त गरेका छन् ।
    प्रतियोगितामा कल्याणकारी युवा समाज, नेपाल टिम, नमस्ते नेपाली रेस्टुरेन्ट खेल्कुद परिवार, लि म्याक एयरपोर्ट टिम, लुम्बिनी समाज नेपाल कुवेत, मोना कुवेत टिम, फाहहिल टीम र सोयबा नेपाली भलिबल क्लव गरि ८ टिम बिच प्रतिस्पर्धा भएको थियो ।

    गैरआवासीय नेपाली संघले अंग्रेजी नयाँ बर्षको अवसरमा सो प्रतियोगिता गरेको हो ।
    आयोजकले प्रतियोगितामा निशुल्क स्वास्थ्य जाँचको व्यवस्था पनि गरेको थियो । क्लबभित्र प्रवेश गर्नुअघि जस्तै सुगर, प्रेसर, तापक्रम, लगाएतको सामान्य स्वास्थ्य जाँच गरेर आवश्यक परेकाहरुलाइ साइरप, फ्लूडेक्स, पनाडोल लगाएतका औषधिसमेत निशुल्क वितरण गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...