News Portal

  • घानामा मृत्यु भएका रुपक बोहराको शव डेढ महिनापछि सोमबार नेपाल लगिँदै

    हिमालीसंचार संवाददाता
    ३११ पटक

    घाना। ३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने सपना बोकेर घानासम्म पुगेका रुकुमका रुपक बोहोराको डेढ महिना अघि मृत्यु भयो। मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा उनको मृत्यु भएको थियो।

    उनको शवलाई कतार एअरवेजबाट सोमबार बिहान काठमाडौं पुग्दैछ। शव रुकुम बाफिकोटस्थित बोहोराकै घरमा लागि दाहसंस्कार गरिनेछ। आकरा विमानस्थलमा बिरामी भएपछि उनलाई इमिरेट्स एयरर्लाइनले अलपत्र पारेर छाडेको थियो।

    एयरपोर्ट भित्रको प्राथमिक स्वास्थ्य केन्द्रमा सिकिस्त विरामी रहेको जानकारी पाएपछि एनआरएनए घानाले आकारा शहरको सुविधा सम्पन्न रिज अस्पतालमा उनको औषधि उपचारको समन्वय गरेको थियो। तर, उनलाई बचाउन सम्भव नभएपछि उनको उपचार खर्च र शव फिर्ताको लागि एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठ, कोषाध्यक्ष विकास सुवेदी, दिनेश पाण्डेय, कृष्ण निरौलालगायत पदाधिकारीहरुले समन्वय गरेका हुन्।

    त्यसैगरि, उनको उपचार खर्चका लागि एनआरएनए अफ्रिकाको अफ्रिका राहत कोष र एनआरएनए घानाले आर्थिक सहयोग जुटाएका थिए। उनको शव काठमाडौं पुगेपछि रुकुमसम्म पुर्याउन एनआरएनएको काठमाडौं स्थित अन्तरराष्ट्रिय सचिवालयले सहयोग गर्ने भएको छ।

    एनआरएनए अन्तरराष्ट्रिय समितिका पूर्वकोषाध्यक्ष हिक्मत थापाले यस दु:खद परिस्थितिमा साथ दिई उनको उपचार र शव फिर्ताको समन्वय गरेकोमा एनआरएनए एनसीसी घाना, एनआरएनए अफ्रिका राहत कोष, एनआरएनए अफ्रिका स्वास्थ्य समिती, एनआरएनए आइसीसी र नेपालमा समन्वय गर्ने तारक केसीलगायत रूपकका परिवारजनलाई हार्दिक आभार व्यक्त गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...