News Portal

घानामा मृत्यु भएका रुपक बोहराको शव डेढ महिनापछि सोमबार नेपाल लगिँदै

हिमालीसंचार संवाददाता
३८९ पटक

घाना। ३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने सपना बोकेर घानासम्म पुगेका रुकुमका रुपक बोहोराको डेढ महिना अघि मृत्यु भयो। मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा उनको मृत्यु भएको थियो।

उनको शवलाई कतार एअरवेजबाट सोमबार बिहान काठमाडौं पुग्दैछ। शव रुकुम बाफिकोटस्थित बोहोराकै घरमा लागि दाहसंस्कार गरिनेछ। आकरा विमानस्थलमा बिरामी भएपछि उनलाई इमिरेट्स एयरर्लाइनले अलपत्र पारेर छाडेको थियो।

एयरपोर्ट भित्रको प्राथमिक स्वास्थ्य केन्द्रमा सिकिस्त विरामी रहेको जानकारी पाएपछि एनआरएनए घानाले आकारा शहरको सुविधा सम्पन्न रिज अस्पतालमा उनको औषधि उपचारको समन्वय गरेको थियो। तर, उनलाई बचाउन सम्भव नभएपछि उनको उपचार खर्च र शव फिर्ताको लागि एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठ, कोषाध्यक्ष विकास सुवेदी, दिनेश पाण्डेय, कृष्ण निरौलालगायत पदाधिकारीहरुले समन्वय गरेका हुन्।

त्यसैगरि, उनको उपचार खर्चका लागि एनआरएनए अफ्रिकाको अफ्रिका राहत कोष र एनआरएनए घानाले आर्थिक सहयोग जुटाएका थिए। उनको शव काठमाडौं पुगेपछि रुकुमसम्म पुर्याउन एनआरएनएको काठमाडौं स्थित अन्तरराष्ट्रिय सचिवालयले सहयोग गर्ने भएको छ।

एनआरएनए अन्तरराष्ट्रिय समितिका पूर्वकोषाध्यक्ष हिक्मत थापाले यस दु:खद परिस्थितिमा साथ दिई उनको उपचार र शव फिर्ताको समन्वय गरेकोमा एनआरएनए एनसीसी घाना, एनआरएनए अफ्रिका राहत कोष, एनआरएनए अफ्रिका स्वास्थ्य समिती, एनआरएनए आइसीसी र नेपालमा समन्वय गर्ने तारक केसीलगायत रूपकका परिवारजनलाई हार्दिक आभार व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...