News Portal

  • हङकङ ३०जनामा ओमिक्रोनको आशंका

    हिमालीसंचार संवाददाता
    ३०३ पटक

    युवा राई हङकङ – जनवरी ६ सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार कोविड १९ को नयाँ ३३ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ। यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,८३२ पुगेको छ।नयाँ पुष्टि भएका ३३ केसहरुमध्ये ३० ओमिक्रोनको भएको आशंका गरिएको छ। संक्रमित केसहरूमध्ये २८ जना आयातित रहेका छन्। जसमा २ चालक दलका सदस्य र ११ फिलिपिनो घरेलु कामदारहरू सामेल रहेका छन्।हङकङमा ओमिक्रोन तिव्ररुपमा फैलिने क्रम जारी क्याथे प्यासिफिकका विमान परिचारिकाबाट संक्रमित भएकी उनकी आमाबाट समुदायमा फैलिदै सङ्क्रमित हुनेको संख्या ४ पुगेको छ। यो फैलिने क्रम जारी रहेको जनाइएको छ।                                 त्यस्तै, १ केस मून प्यालेस क्लस्टरसंग सम्बन्धित रहेको छ।हङकङमा कोरोना सङ्क्रमित ३१५ जनाको उपचार भइरहेको छ।
    थप ३३ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।कून कुन ठाउमा लकडाउन र परीक्षण हुदैछ ।
    कोविड १९ को प्रारम्भिक केसहरू देखिएपछि ब्लक सी, एबरडीनको पिक अन हाउस र नर्थ पोइन्टको सिटी गार्डेनमा लकडाउन गरी भाइरस परीक्षण गराउंनु पर्ने भएको छ।

    अनिवार्य भाइरस परीक्षणसंक्रमित भएका क्याथे प्यासिफिककाविमान परिचारिकाकी आमा उनका साथीहरू र एक सर्वेक्षणकर्ता घुमफिर गरेका निम्न स्थानका बासिन्दाले अनिवार्य भाइरस टेस्ट गराउंनु पर्ने भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...