News Portal

गैरआवासीय नेपाली संघ कुवेतद्वारा आयाेजना हुने  भलिबल प्रतियोगितामा स्वास्थ्य चेकजाँच पनि हुने

हिमालीसंचार संवाददाता
३७८ पटक

कुवेत– गैरआवासीय नेपाली संघ कुवेतले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको अन्तर नेपाली खुला भलिबल प्रतियोगितामा खेलाडी र दर्शकहरुको लागि निशुल्क स्वास्थ्य चेक जाँचको पनि ब्यबस्था रहेको छ।कल्याणकारी युवा समाज, नेपाल टिम नमस्ते नेपाली रेस्टुरेन्ट खेल्कुद परिवार, लि म्याक एयरपोर्ट टिम, लुम्बिनी समाज कुवेत, मोना कुवेत टिम, नबराज पराजुली भलिबल क्लव र सोयबा नेपाली भलिबल क्लव गरि ८ टिम बिच अत्यन्तै रोचक र कडा प्रतिस्पर्धा हुने गैरआवासीय नेपाली संघ खेलकुद प्रमुख नबराज पराजुलिले जानकारिदिएका छन।

कुवेतमा पछिल्लो समय बढेको कोरोना महामारिलाइ ध्यानमा राख्दै खेलाडी र दर्शकहरुको स्वास्थ्यको मध्यनजर गर्दै र केही दिनदेखी व्हत्तै बढेको चिसोको कारण धेरै दर्शक तथा खेलासिहरु अस्वास्थ्य हुने भएकोले यी सबै कुरालाई ध्यानमा राखी मेडिकल टिमको व्यवस्था गरेको गैरआवासीय नेपाली संघका अध्यक्ष रणध्वोज लामाले जानकारी दिएका छन।

उनले थप्दै “NRNA कुवेतको इतिहासमा यो पहिलो पटक भलिबल प्रतियोगिता गरिरहेको र यसलाई स्ट्यान्डर्ड मेन्टेइन गर्न पनि हामीले इन्डोर खेल खेलाइरहेका छौँ। साथमा खेलाडीहरुको लागि इमेर्जेन्सी मेडिकल टिम समेत तैनाथ गरेका छौँ। जसले कुनै खेलाडी लडेर चोटपटक लागेमा वा खेल मैदानभित्र कुनै कारणबस खेलाडिलाई स्वास्थ्य समस्या आएमा स्ट्रेचर र फर्स्ट एड बक्स सहितको मेडिकल टिम त्यहाँ पुग्नेछन।
खासमा ओमिक्रोनको डरलाग्दो खबरहरु विभिन्न सामाजिक सञ्जाल तथा संचार माध्यममा सुनिरहेकोले सबै दर्शक र खेलाडिहरुको स्वास्थ्यमा पनि उत्तिकै संवेदनशील बन्नुपर्छ भन्ने उदेश्यले उक्त भलिबल प्रतियोगितामा मेडिकल टिम तयार गरिएको कुरा NRNA महासचिव दिल पाख्रीन संगको कुराकानिमा बताएका छन।

उक्त कार्यक्रममा प्रवेश गर्नुभन्दा पहिले बिपि, सुगर, प्रेसर, तापक्रम, लगाएतको सामन्य चेकहुनेछ। आवस्यक परेकाहरुलाई साइरप, फ्लूडेक्स, पेनाडोल लगाएतका औसधि समेत निशुल्क वितरण हुने महासचिव पाख्रीनले बताएका छन। साथै सो चेकजाँचमा सामान्य भन्दा गम्भीर चेक जाँच गर्नुपर्ने भएमा डाक्टरले रिफर गरि हस्पिटल पठाइनेछ।
प्रतियोगितामा पहिलो र दोस्रो पुरस्कार क्रमशः २०१ केडि, १२५ केडि नगद, ट्रफी, मेडल र प्रमाणपत्र मात्र राखिएको थियो। तर पुनः छलफल गरि तृतीय हुनेलाइ ५१ केडि नगद, ट्र्फि, मेडल र प्रमाणपत्र पुरस्कार राखिएको छ। त्यस्तै बेस्ट प्लयेरलाइ र बेस्ट स्पाइकरलाइ क्रमशः नगद २५ केडि सहित ट्रफी प्रदान गरिनेछ।कार्यक्रममा मनोरञ्जनका लागि भलिबल प्रती रुचि भएका तर खेल नखेलेका कुवेतको नेपाली समाजमा चिर परिचित ब्याक्तित्वहरु विच एक “शो म्याच” पनि रहनेछ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...