News Portal

  • अन्तर्राष्ट्रिय नेपाली समाज युएईको अङ्ग्रेजी नयाँ बर्ष विशेष कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    २६६ पटक

    डि.जि.शर्मा, युएई। अङ्ग्रेजी नयाँ बर्ष-२०२२ को उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली समाजको युएई राष्ट्रिय कार्यसमितिले शुभकामना आदन-प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ।

    नेपाली टोपी दिवसको समेत अवसर पारेर शनिबार साँझ जूममार्फत आयोजित अनलाइन कार्यक्रमा उपस्थित समाजमा आवद्ध व्यक्तित्वहरुबाट अङ्ग्रेजी नयाँ बर्ष-२०२२ को शुभकामना आदन-प्रदान गरिनुका साथै विभिन्न साहित्यिक सर्जकहरुले रचना वाचन गर्नु भएको थियो।

    कार्यक्रममा कौशिकी साहित्यिक मासिक पत्रिकाका सम्पादक तथा साहित्यकार चेतनाथ धमला, समाजका केन्द्रीय उपाध्यक्ष डा.स्वामी कृष्ण, समाजका युएई राष्ट्रिय कार्यसमिति सल्लाहकार तथा गजलकार जे.सागर, कवि डि.जि.शर्मा, समाजका युएई राष्ट्रिय कार्यसमिति उपाध्यक्ष विष्णु प्याकुरेल, महासचिव भवानी नेपाल, प्रवक्ता राजेशराज गड्तौला, कवि गङ्गा भण्डारी, कवि सुमित्रा सुमी, कवि पदम आचार्यलगायतले शुभकामना मन्त्तव्यका साथै आ-आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो।

    समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको प्रमुख आतिथ्य र कौशिकी साहित्यिक मासिक पत्रिकाका सम्पादक तथा साहित्यकार चेतनाथ धमलाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका युएई राष्ट्रिय कार्यसमिति अध्यक्ष मेघराज धमलाले गर्नु भएको थियो।

    कार्यक्रममा बोल्दै समाजका केन्द्रीय अध्यक्ष घिमिरेले स्थापना भएको छोटो समयमै युएई राष्ट्रिय कार्यसमितिले देखाएको सक्रियताप्रति आभार प्रकट गर्नुभएको थियो।

    समाजका अन्य राष्ट्रिय कार्यसमिति भन्दा युएई समिति पृथक र उत्कृष्ट बन्दै गएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यसले अझै परिणाममुखी कार्यहरु गर्दै जाने र लोकप्रियता हाँसिल गर्दै जाने विश्वाससमेत व्यक्त गर्नुभएको थियो।

    समाजका युएई राष्ट्रिय कार्यसमितिका अध्यक्ष धमलाले शुभकामना मन्त्तव्यका साथै कार्यक्रममा उपस्थित सबैमा धन्यवादसमेत ज्ञापन गर्नुभएको थियो।

    उक्त समाज युएईका राष्ट्रिय कार्यसमितिका महासचिव भवानी नेपालले सञ्चालन गर्नुभएको कार्यक्रममा समजका केन्द्रीय महासचिव अर्जुनश्रीले प्रविधि संयोजन गर्नुभएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...