News Portal

मालीमा आतङ्कवादी हमलामा मृत्यु हुने सैनिकको संख्या ८ पुग्यो, ७ सैनिक घाइते

हिमालीसंचार संवाददाता
३३३ पटक

एजेन्सी। मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या ८ पुगेको छ भने, थप ७ घाइते भएको माली सशस्त्र बलले जनाएको छ।

बुधबार नारा गाउँमा भएको आक्रमणमा परी ४ सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको छ। मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८ पुगेको छ भने, ७ सैनिक घाइते भएका छन् र ३ वटा सवारी साधन ध्वस्त भएका छन्।

सेनाले वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिमा जनाए अनुसार आक्रमणकारी तर्फ ३१ जनाको मृत्यु भएको र उनीहरूबाट हतियार र गोला बारुद जफत गरिएको छ। मालीको वायुसेनाले गरेको हवाई हमलाका कारण आतङ्ककारीहरूको मृत्युको कुल संख्या अझै स्पष्ट हुन बाँकी छ।

मालीले संयुक्त राष्ट्रसंघ र फ्रान्सेली सेनाको उपस्थितिको बावजुद सन् २०१२ मा उत्तरी क्षेत्रमा शुरु भएको इस्लामवादी विद्रोहलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ। यो द्वन्द्व मध्य माली, साथै छिमेकी बुर्किना फासो र नाइजरमा समेत फैलिएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...