News Portal

विमानमा यात्राका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि…

हिमालीसंचार संवाददाता
४११ पटक

एजेन्सी। अमेरिकाको एक स्कूलकी शिक्षिकाले विमानमा यात्रा गरिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि उनले आफूलाई हवाईजहाजको शौचालयमा सेल्फ आइसोलेशनमा राखेको बताइन्। उनले यो सबै आफ्नै मर्जीले गरेको पनि स्पष्ट पारिन्।

मारिसा फोशियाले २० डिसेम्बरमा आफूलाई शिकागोबाट आइसल्याण्ड जाने क्रममा घाँटी दुखेको महसुस गरिन्। उनीसँग रेपिड टेस्ट किट थियो त्यसैले उनले त्यति बेला नै आफ्नो कोरोना परीक्षण गराइन् जुन पोजेटिभ आयो।

त्यसपछि उनले आफूलाई सेल्फ आइसोलेशनमा राख्ने निर्णय गरिन्। बाँकीको यात्रा शौचालयमा बसेर पूरा गरिन्। यतिबेला उनलाई विमानका कर्मचारीले खाना र ड्रिङ्क्स दिए। मारिसाले भनिन्, ‘त्यो पागल नै बनाइदिने अनुभव थियो।

विमानभित्र १५० जना यात्री थिए र मेरो सबैभन्दा डर कतै उनीहरुलाई पनि संक्रमण हुने त होइन भन्ने थियो। मारिसाले आइसल्यान्डियरको विमानको शौचलयबाट टिकटकमा एउटा भिडियो पनि पोस्ट गरिन्। यतिबेला उनले आफूलाई मद्दत गर्ने विमान परिचारिकाको पनि प्रशंसा गरिन्।

उनले एनबीसीसँग भनिन्, ‘पाँच घण्टाको यात्रामा मलाई के कुराको आवश्यक पर्छ, त्यसबारे उहाँहरुले एकदमै याद गर्नुभएको थियो। उनीहरुले मलाई बारम्बार मेरो हालखबर सोधिरहेका थिए। आइसल्याण्डबाट उत्रिएर उनी रेड क्रस होटलमा आइसोलेट भएको जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...