News Portal

विमानमा यात्राका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि…

हिमालीसंचार संवाददाता
४५३ पटक

एजेन्सी। अमेरिकाको एक स्कूलकी शिक्षिकाले विमानमा यात्रा गरिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि उनले आफूलाई हवाईजहाजको शौचालयमा सेल्फ आइसोलेशनमा राखेको बताइन्। उनले यो सबै आफ्नै मर्जीले गरेको पनि स्पष्ट पारिन्।

मारिसा फोशियाले २० डिसेम्बरमा आफूलाई शिकागोबाट आइसल्याण्ड जाने क्रममा घाँटी दुखेको महसुस गरिन्। उनीसँग रेपिड टेस्ट किट थियो त्यसैले उनले त्यति बेला नै आफ्नो कोरोना परीक्षण गराइन् जुन पोजेटिभ आयो।

त्यसपछि उनले आफूलाई सेल्फ आइसोलेशनमा राख्ने निर्णय गरिन्। बाँकीको यात्रा शौचालयमा बसेर पूरा गरिन्। यतिबेला उनलाई विमानका कर्मचारीले खाना र ड्रिङ्क्स दिए। मारिसाले भनिन्, ‘त्यो पागल नै बनाइदिने अनुभव थियो।

विमानभित्र १५० जना यात्री थिए र मेरो सबैभन्दा डर कतै उनीहरुलाई पनि संक्रमण हुने त होइन भन्ने थियो। मारिसाले आइसल्यान्डियरको विमानको शौचलयबाट टिकटकमा एउटा भिडियो पनि पोस्ट गरिन्। यतिबेला उनले आफूलाई मद्दत गर्ने विमान परिचारिकाको पनि प्रशंसा गरिन्।

उनले एनबीसीसँग भनिन्, ‘पाँच घण्टाको यात्रामा मलाई के कुराको आवश्यक पर्छ, त्यसबारे उहाँहरुले एकदमै याद गर्नुभएको थियो। उनीहरुले मलाई बारम्बार मेरो हालखबर सोधिरहेका थिए। आइसल्याण्डबाट उत्रिएर उनी रेड क्रस होटलमा आइसोलेट भएको जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...