News Portal

नेपाली सहयोगी हातहरु मकाउद्वारा भलिबल खेलको आयोजना, उपाधी नेपाल भलिबल संघ मकाउलाई (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५५० पटक

मकाउ – मकाउमा गठीत नेपाली सहयोगी हातहरु मकाउद्वारा आयोजित मकाउमै पहिलो ऐतिहासिक भलिबल खेल प्रतियोगिता हिजो २६ तारिख २०२१ आइताबार मकाउको हाक्सा विच भलिबल खेल मैदानमा समम्पन्न खेलको उपाधी नेपाल भलिबल संघ मकाउले हात पारेको छ। 

मकाउमा छोटो समयमा भलिबल खेलको आयोजना गरेको नेपाली सहयोगी हातहरु मकाउले प्रयाप्त मात्रमा समयमा पत्रचार नगरेका कारण धेरै खेलाडीहरुले सहभातिता जनाउन सकेका थिएन। एक विदेशी टिम भेतनाम सहित ७ टिमको सहभागिता रहेको भलिबल खेल विहान १० बजेदेखि शुरु भएको थियो। 

आयोजित भलिबल खेलमा भेतनाम टिम मकाउ, नेपाल भलिबल संघ मकाउ, पेरिशन “बि” मकाउ, बाघलुङ टिम मकाउ, एनएचएच मकाउ, एनआरएनए मकाउ र पेरिशेन मादी मकाउ सम्मिलित भलिबल खेलमा नेपाल भलिबल संघ मकाउले उपाधि जितेको हो। 

आयोजित खेलमा पहिलो हुने टिमले नगद ५ हजार मकाउ पताका सहित मेडल, प्रमाण पत्र र ट्रफि एनएचएच मकाउका निर्देशक उदय वाग्लेद्वारा प्रदान गरिएको थियो। त्यस्तै दोस्रो हुने खेलाडीहरुलाई एनआरएनए मकाउका अध्यक्ष राजेश प्रसाईद्वारा नगद २ हजार ५ सय, मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो। तेस्रो हुने टिमलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । 

त्यस्तै, बेस्ट प्लेयर सन्दिप गुरुङ, बेस्ट सटर दिपक गुरुङ र बेस्ट स्पाईकर मिलन मल्ल उत्कृष्ट घोषित भएका थिए। उत्कृष्ट खेलाडीहरुलाई संघका निर्देशक उदय वाग्लेद्वारा ट्रफी प्रदान गरिएको थियो। 

प्रतिकुल मौसमका विच समेत नेपाली सहयोगी हातहरु मकाउले उपस्थित खेलाडीहरु एवम् आमन्त्रित अतिथिहरुलाई बिबिक्यू पाटीमा समावेश गराएको थियो भने खेलाडी एवम् उपस्थित मानुभावहरुलाई समय समयमा चिया पान लगायद खाजाको व्याबस्था गरेको थियो। संधका निर्देशक वाग्लेका अनुसार आगामी मे २२ तारिख २०२२ भलिबल दिवसको अबसरमा इनडोर भलिबल खेल आयोजना गर्ने समेत जानकारी गराएका थिए। 

नेपाली सहयोगी हातहरु मकाउका निर्देशक उदय वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रम मकाउमा गठीत एवम् प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष आमन्त्रित गरिएको थियो । एनएचएच मकाउका सदस्य शिव थापाले कार्यक्रम संचालन गरेका थिए भने खेलको समापन हुदा भलिबल खेलका संयोजक दिपक थापाले कार्यक्रम संचालन गरेका थिए।

फोटो फिचर

भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...