News Portal

नेपाली सहयोगी हातहरु मकाउद्वारा भलिबल खेलको आयोजना, उपाधी नेपाल भलिबल संघ मकाउलाई (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४७९ पटक

मकाउ – मकाउमा गठीत नेपाली सहयोगी हातहरु मकाउद्वारा आयोजित मकाउमै पहिलो ऐतिहासिक भलिबल खेल प्रतियोगिता हिजो २६ तारिख २०२१ आइताबार मकाउको हाक्सा विच भलिबल खेल मैदानमा समम्पन्न खेलको उपाधी नेपाल भलिबल संघ मकाउले हात पारेको छ। 

मकाउमा छोटो समयमा भलिबल खेलको आयोजना गरेको नेपाली सहयोगी हातहरु मकाउले प्रयाप्त मात्रमा समयमा पत्रचार नगरेका कारण धेरै खेलाडीहरुले सहभातिता जनाउन सकेका थिएन। एक विदेशी टिम भेतनाम सहित ७ टिमको सहभागिता रहेको भलिबल खेल विहान १० बजेदेखि शुरु भएको थियो। 

आयोजित भलिबल खेलमा भेतनाम टिम मकाउ, नेपाल भलिबल संघ मकाउ, पेरिशन “बि” मकाउ, बाघलुङ टिम मकाउ, एनएचएच मकाउ, एनआरएनए मकाउ र पेरिशेन मादी मकाउ सम्मिलित भलिबल खेलमा नेपाल भलिबल संघ मकाउले उपाधि जितेको हो। 

आयोजित खेलमा पहिलो हुने टिमले नगद ५ हजार मकाउ पताका सहित मेडल, प्रमाण पत्र र ट्रफि एनएचएच मकाउका निर्देशक उदय वाग्लेद्वारा प्रदान गरिएको थियो। त्यस्तै दोस्रो हुने खेलाडीहरुलाई एनआरएनए मकाउका अध्यक्ष राजेश प्रसाईद्वारा नगद २ हजार ५ सय, मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो। तेस्रो हुने टिमलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । 

त्यस्तै, बेस्ट प्लेयर सन्दिप गुरुङ, बेस्ट सटर दिपक गुरुङ र बेस्ट स्पाईकर मिलन मल्ल उत्कृष्ट घोषित भएका थिए। उत्कृष्ट खेलाडीहरुलाई संघका निर्देशक उदय वाग्लेद्वारा ट्रफी प्रदान गरिएको थियो। 

प्रतिकुल मौसमका विच समेत नेपाली सहयोगी हातहरु मकाउले उपस्थित खेलाडीहरु एवम् आमन्त्रित अतिथिहरुलाई बिबिक्यू पाटीमा समावेश गराएको थियो भने खेलाडी एवम् उपस्थित मानुभावहरुलाई समय समयमा चिया पान लगायद खाजाको व्याबस्था गरेको थियो। संधका निर्देशक वाग्लेका अनुसार आगामी मे २२ तारिख २०२२ भलिबल दिवसको अबसरमा इनडोर भलिबल खेल आयोजना गर्ने समेत जानकारी गराएका थिए। 

नेपाली सहयोगी हातहरु मकाउका निर्देशक उदय वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रम मकाउमा गठीत एवम् प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष आमन्त्रित गरिएको थियो । एनएचएच मकाउका सदस्य शिव थापाले कार्यक्रम संचालन गरेका थिए भने खेलको समापन हुदा भलिबल खेलका संयोजक दिपक थापाले कार्यक्रम संचालन गरेका थिए।

फोटो फिचर

भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...