News Portal

तमू समाज कुवेतले ३१ डिसेम्बरमा तमू ल्होछार मनाउने

हिमालीसंचार संवाददाता
७४२ पटक

कुवेत – तमू (गुरुङ)हरुको साझा संस्था तमू समाज कुवेतले तमू (गुरुङ)हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ।

“गुरुङ जातिहरुको मौलिक पहिचान जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नाराका साथ एक दशक भन्दा लामो समयदेखि कुवेतमा गठन भइ कृयाशिल रहेको तमु समाजले यस वर्ष ल्हो (गाई बर्ग)को बिदाइ र ‘तो ल्हो’ (बाघ बर्ग)को स्वागत गरि मनाउन लागेको समाजका महासचिव सुरेश गुरूङले बताए।

संसारभरी छरिएका तमू (गुरुङ)हरुले तमू ल्होछार/ल्होसार (पौष १५)लाई राष्ट्रिय तथा सास्कृतिक चाडको रुपमा मनाउने गर्दछ। यसलाई बर्षभरीको मुख्य चाडको रुपमा मनाइन्छ। पौष १५ को रात सबै भन्दा लामो हुने र यस पछीको रातहरु क्रमश छोटिदै जाने भएकोले पनि तमू (गुरुङ) समुदायमा यस चाडको विशेष महत्व छ।

तमू (गुरुङ)हरुको पारम्परिक ल्हो कोर (बर्ग चक्र)अनुसार पौष १५ का दिन पुरानो ‘ल्हो’ को समय अवधी सकिने र नयाँ अर्को ‘ल्हो’को पालो आउने भएकोले पुरानो ‘ल्हो’ लाई बिदाइ गरी नयाँ ‘ल्हो’लाई भब्य स्वागत गर्ने गरिन्छ, यस बर्ष ‘ल्वो ल्हो’ (गाई बर्ग)को बिदाइ र ‘तो ल्हो’ (बाघ बर्ग)को स्वागत गरि कुबेतको हिजुल कबड एरियामा मान्यजनहरुबाट आशिर्वाद ग्रहण गर्ने, शुभकामना तथा खुशीयाली आदान प्रदान गर्ने, बिबिध सास्कृतिक नृत्यहरु, झाकीहरु प्रस्तुत गर्ने र परम्परागत खेलकुदहरु खेलेर मनोरन्जन गर्दै यस बर्षको ‘तो ल्होछार/ल्होसार’ मनाउने तयारी भएको र सो अनुसार ‘ल्होछार मुल समिती’ र बिभिन्न उप-समितीहरु निर्माण गरी सबैमा जिम्मेवारी सुम्पिएको कुरा तमू समाज कुवेतका महासचिब गुरुङले बताए।

“तमू ल्होसार” कार्यक्रममा गरिमामय उपस्थितिको लागि नेापली राजदूतावास कुवेतलगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाका पदाधिकारी, पत्रकार, बुद्धिजिवि, समाजसेवी, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न तमु समाज कुवेतले आग्रह गरेको छ।

तमु ल्होछार कार्यक्रमको विवरणः
आयोजक – तमू समाज कुवेत
कार्यक्रम – तमू ल्होसार
स्थान – हिजुल कबड एरिया
मिति – ३१ डिसेम्बर २०२१ शुक्रबार।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...