News Portal

  • तमू समाज कुवेतले ३१ डिसेम्बरमा तमू ल्होछार मनाउने

    हिमालीसंचार संवाददाता
    ६१३ पटक

    कुवेत – तमू (गुरुङ)हरुको साझा संस्था तमू समाज कुवेतले तमू (गुरुङ)हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ।

    “गुरुङ जातिहरुको मौलिक पहिचान जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नाराका साथ एक दशक भन्दा लामो समयदेखि कुवेतमा गठन भइ कृयाशिल रहेको तमु समाजले यस वर्ष ल्हो (गाई बर्ग)को बिदाइ र ‘तो ल्हो’ (बाघ बर्ग)को स्वागत गरि मनाउन लागेको समाजका महासचिव सुरेश गुरूङले बताए।

    संसारभरी छरिएका तमू (गुरुङ)हरुले तमू ल्होछार/ल्होसार (पौष १५)लाई राष्ट्रिय तथा सास्कृतिक चाडको रुपमा मनाउने गर्दछ। यसलाई बर्षभरीको मुख्य चाडको रुपमा मनाइन्छ। पौष १५ को रात सबै भन्दा लामो हुने र यस पछीको रातहरु क्रमश छोटिदै जाने भएकोले पनि तमू (गुरुङ) समुदायमा यस चाडको विशेष महत्व छ।

    तमू (गुरुङ)हरुको पारम्परिक ल्हो कोर (बर्ग चक्र)अनुसार पौष १५ का दिन पुरानो ‘ल्हो’ को समय अवधी सकिने र नयाँ अर्को ‘ल्हो’को पालो आउने भएकोले पुरानो ‘ल्हो’ लाई बिदाइ गरी नयाँ ‘ल्हो’लाई भब्य स्वागत गर्ने गरिन्छ, यस बर्ष ‘ल्वो ल्हो’ (गाई बर्ग)को बिदाइ र ‘तो ल्हो’ (बाघ बर्ग)को स्वागत गरि कुबेतको हिजुल कबड एरियामा मान्यजनहरुबाट आशिर्वाद ग्रहण गर्ने, शुभकामना तथा खुशीयाली आदान प्रदान गर्ने, बिबिध सास्कृतिक नृत्यहरु, झाकीहरु प्रस्तुत गर्ने र परम्परागत खेलकुदहरु खेलेर मनोरन्जन गर्दै यस बर्षको ‘तो ल्होछार/ल्होसार’ मनाउने तयारी भएको र सो अनुसार ‘ल्होछार मुल समिती’ र बिभिन्न उप-समितीहरु निर्माण गरी सबैमा जिम्मेवारी सुम्पिएको कुरा तमू समाज कुवेतका महासचिब गुरुङले बताए।

    “तमू ल्होसार” कार्यक्रममा गरिमामय उपस्थितिको लागि नेापली राजदूतावास कुवेतलगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाका पदाधिकारी, पत्रकार, बुद्धिजिवि, समाजसेवी, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न तमु समाज कुवेतले आग्रह गरेको छ।

    तमु ल्होछार कार्यक्रमको विवरणः
    आयोजक – तमू समाज कुवेत
    कार्यक्रम – तमू ल्होसार
    स्थान – हिजुल कबड एरिया
    मिति – ३१ डिसेम्बर २०२१ शुक्रबार।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...