
गजेन्द्र खालिङ/दोहा – खोटाङ सेवा समाज दोहा कतारले कतारमा कार्यरत खोटाङ जिल्लाका दाजुभाई तथा दिदिबहिनीहरु समक्ष आफ्नो साधारण सदस्यताको लागि सदस्यता खुल्ला आह्नान गरेको छ।
कतारमा गठीत संस्था खोटाङ सेवा समाज कतारको आगामी एघारौं अधिवेशनको लागि साधारण सदस्यता खुल्ला गरिएको संस्थाले जनाएको छ। संस्थाले साधारण सदस्यता लिनका लागि आवश्यक कागजातहरुमा कतारी परिचय पत्रको प्रतिलिपी, नेपाली राहदानीको प्रतिलिपी र तत्काल खिचिएको पासफोटो (२ प्रति पासफोटो) सहित दस्तुर शुल्क १०/- कतारी रियाल लाग्ने उल्लेख गरिएको छ।
संस्थाका सदस्यहरु डिल्लीशेर खड्का, कैलाश श्रेष्ठ, पर्शुराम श्रेष्ठ, रविन शेर्पा, महेश दाहाल, बलराम आचार्य, चुडामणि पुरी, गजेन्द्र राई, राम कुमार मगर र जिवन राईसंग सम्पर्क गर्न सकिने खोटाङ सेवा समाज दोहा कतारका अध्यक्ष रुद्र प्रसाद आचार्य हिमालीसंचारडटकमसंग बताए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
