गजेन्द्र खालिङ/दोहा – खोटाङ जिल्ला रावावेसी गाउँपालिका वडा नं. ६ हौचुर स्थायी बसोबास गरी बस्ने ज्ञानेन्द्र खड्काको घर गत मंसिर २७ गतेको दिन बिधुत सर्ट भइ पुर्णरूपमा जलेर नष्ट भएको थियो। पिडित खड्कालाई खोटाङ सेवा समाज दोहा कतारद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ।
अग्नी पिडित खड्काको घर जलेर पुर्णरुपमा नष्ट हुदा करिब २३ लाख बराबरको क्षती भएको थियो । अग्नी पिडीत खड्का परिवारलाई कतारमा गठीत खोटाङ सेवा समाज कतारले आर्थिक सहयोग संकलन गरी प्रदान गरेको हो। खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र प्रसाद आचार्यका अनुसार राहत स्वरुप २० हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष आचार्यले हिमालीसंचारडटकमसंग बताए।
कतारमा गठीत खोटाङ सेवा समाज कतारले समस्यामा परेका समय आफु र आफ्ना जिल्लाबासीको लागि आवश्यक सहयोग गर्नका लागि कतारमा विगत दश बर्ष अधि गठन गरिएको संस्थाले विभिन्न समयमा आर्थिक सहयोग गर्दै आइरहेको छ।