News Portal

आजको विदेशी मुद्राको विनिमयदर

हिमालीसंचार संवाददाता
४६२ पटक

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८ पैसा र बिक्री दर १२० रुपैयाँ ६८ पैसा कायम गरेको छ।

युरोपियन यूरो आज एकको खरिद दर १३५ रुपैयाँ ९४ पैसा र बिक्री दर १३६ रुपैयाँ ६२ पैसा रहेको छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९४ पैसा र बिक्री दर १६१ रुपैयाँ ७५ पैसा रहेको छ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ४५ पैसा र बिक्री दर १३१ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९५ पैसा र बिक्री दर ८७ रुपैयाँ ३८ पैसा रहेको छ।

आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ १५ पैसा रहेको छ। जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९७ पैसा र बिक्री दर ३३ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने, बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ। कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १२ पैसा र बिक्री दर १० रुपैयाँ १७ पैसा कायम छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...