News Portal

  • कुवेतका क्रियाशिल तीन किराती संस्थाको संयुक्त उधौली पर्वको तयारी पुरा

    हिमालीसंचार संवाददाता
    २६३ पटक

    कुवेत – भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले हिजो डिसेम्बर ३ तारिखका दिन किरात याक्थुम चुम्लुङ कुवेतका अध्यक्ष् अरुण लिम्बुको अध्यक्ष्यतामा तिनै संस्थाका पदाधिकारीहरु बसेको बैठकले संयुक्तरुपमाले निणय गर्यो।

    किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०८१ आगामी  डिसेम्बर २४ मा किरात याक्थुम चुम्लुङ कुवेतको संयोजकत्वमा मनाउने निर्णय गरेको छ।तिन किरातीहरु एकताको शुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका साथ उदाहरणका रुपमा कुवेतमा तीन किरातीहरुले विभन्न संस्कृतिक झाँकीका साथ बिगत केहि वर्ष यतादेखि संयुक्तरुपमा चाडहरु मनाउँदै आइरहेको र बिगर २ बर्ष यता विश्व महामारी कोरोनाका कारण कुवेत सरकारले महामारी नियन्त्रणको लागि जमघट गर्न प्रतिबन्ध लगाए यता यो पहिलो पटक कार्यक्रम हुन गैरहेको हो।

    यसै अनुरुप यसपाली पनि निरन्तता दिदै तीन किराती संस्थाहरुले संयुक्त रुपमा उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार २०१९ तथा येले दोङ येले तम्बे येले थोचे ५०८१ कार्यक्रमको आयोजना गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले सम्पूर्ण तयारी पूरा भएको जानकारी हिमालीसंचारसंगकाे कुराकानीमा बताए।

    अध्यक्ष राईले उधौली किन ? भन्ने प्रश्नलाई संक्षेपमा ब्याख्या गर्दै भने “प्रवासमा छौँ तर विश्वको जुनसुकै कुना कान्दारामा रहेता पनि हामी नेपाली हौँ हामिसंग नेपाली पन छ नेपाली मन छ। हामिसंग नेपाली संस्कार संस्कृति अमर छन् त्यसैले संस्कार संस्कृतिलाई जगेर्ण गर्दै भावी पुस्ताहरुलाइ पनि ती संस्कार संस्कृति हस्तान्तरण गर्ने जिम्मेवारी यो पुस्ताको हो।

    त्यसैले हामिले हाम्रो बिरासतलाइ सधैं गौरवका साथ कायम राख्नुपर्दछ” थप्दै उनले भने “संस्कृतिका धनी हामी नेपाली हाम्रो संस्कृति मासिए हाम्रो अस्तित्व नै रहँदैन। त्यसैले हामी नेपाली जो जहाँ छौँ त्यहीँबाट हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ। हाम्रो संस्कृतिको संरक्षण भनेको हाम्रो अस्तित्वको संरक्षण हो। भन्ने जोड दिएका छन्।

    अध्यक्ष राईले उक्त दिन कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतमा कार्यरत सम्पुर्ण  नेपाली दाजुभाई दिदीबहिनीहरुलाई समेत आग्राह गरेका छन्।

    कार्यक्रमको विवरण
    मिति : २४, डिसेम्बर २०२१
    समय : बिहान ११ बजे
    स्थान : मेमोरिस हल, मंगाफ कुवेत।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...