News Portal

दक्ष नेपाली कामदार आपूर्ति गर्न युएइ तयार : राजदूत ढकाल

हिमालीसंचार संवाददाता
३३० पटक

रामप्रसाद ढुंगेल/युएइ- दक्ष नेपाली कामदार आपूर्ति गर्न युनाईटेड अरब ईमिरेट्स (युएइ) तयार रहेको युएइका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले बताएका छन्।

गत २१ डिसेम्बर मंगलबार यूएईका मानव संशाधन तथा इमिरटाइजेसन मन्त्री अब्दुल रहमान अब्दुलमन्नान अल अवीरसँगको शिस्टाचार भेटमा राजदूत ढकालले युएइ सरकारको नेपाल र नेपाली कामदारप्रति अत्यन्तै सकारात्मक धारणा रहेको बताएका छन्।  

नेपाली दुतावास अबुधाबीले उक्त भेटबारे एक प्रेस बिज्ञप्ति जारी गरी जानकारी दिएको हो। भेटवार्ताको क्रममा दक्ष नेपालीहरुलाई रोजगारीका अवसर खुल्ला गर्ने, युएइमा कार्यरत नेपाली कामदारहरुको सुरक्षा र दक्षता वृद्धि गर्ने तथा दुईपक्षीय हित अभिबृदि गर्ने बिषयमा छलफल भएको विज्ञप्तिमा जनाइएको छ।

भेटघाटमा राजदूत ढकालले कोभिड-१९ को महामारीको बेलामा यूएई सरकारले युएईमा कार्यरत नेपाली कामदारहरुको स्वास्थ्य सुरक्षा तथा उपचार लगायत नेपाल सरकारलाई स्वास्थ्य सामाग्री प्रदान गरेकोमा यूएई सरकारलाई धन्यवाद दिएका थिए।

यूएईका मानव संसाधन मन्त्री अब्दुल रहमानले नेपालीहरुको मेहनत र इमानदारिताको तारिफ गरेका छन्। मन्त्री रहमानले आगामी वर्षको फेब्रुवरी महिनाबाट लागु हुने गरी यूएईले सँसोधन गरेको नयाँ श्रम कानून मजदूरमैत्री रहेको बताए।

मन्त्री अब्दुल रहमानले नेपाल र यूएई बीच गरिएको दुई पक्षीय श्रम सम्झौता अनुसार गठित संयुक्त समितिको बैठक बस्न पर्नेमा जोड दिएको बताईएको छ। भेटको क्रममा नेपालीहरुको सीप बिकासमा टेवा पुर्याउने र नेपालमा पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने बिषयमा समेत छलफल भएको थियो। भेटवार्तामा नेपाल  र यूएईका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...