News Portal

  • सुदूरपश्चिमेली नेपाली समाज कुवेतद्वारा बैतडीका मृगौला पीडित बमलाई आर्थिक सहयोग

    नेपाली १ लाख ६ हजार २२ रुपैयाँ सहयोग !

    हिमालीसंचार संवाददाता
    ५६४ पटक

    कुवेत सिटी। सुदुरपश्चिमको बैतडी जिल्लामा पर्ने पुर्चौडी नगरपालिका-८ का मृगौला पिडित जनक बहादुर बमलाई कुवेतस्थित “सुदूरपश्चिमेली नेपाली समाज कुवेत”ले आर्थिक सहयोग गरेको छ।

    उनको दुबै मृगौलामा समस्या उत्पन्न भएपछि घरको आर्थिक अवस्था कमजोर भएका कारण सुदूरपश्चिमेली नेपाली समाज कुबेतका सक्रिय सदस्य गणेश बहादुर चन्दको विशेष पहलमा संकलन १ लाख ६ हजार २२ नेपाली रुपैयाँ पिडितको परिवारलाई उक्त रकम सहयोग गरेको सुदूरपश्चिमेली नेपाली समाज कुबेतका महासचिव गगन बिष्टले बताए।

    महासचिव बिष्टले हिमालीसंचारलाई दिएको जानकारी अनुसार मृगौला पीडित बम धनगढीस्थित सेति अञ्चल अस्पतालमा उपचाररत छन्। मृगौला पीडित बमको उपचारमा सहयोगको अभियानमा साथ सहयोग गर्ने कुबेतमा रहेका सम्पुर्ण सहयोगीहरुलाई समाजले धन्यवाद तथा आभार ब्यक्त गरेको छ।

    कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमीप्रतिको कर्तव्यलाई आत्मसात गर्दै मध्यपूर्व क्षेत्र कुबेतमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेलीवासीहरूको सक्रियतामा स्थपना गरिएको समाजले उदेश्य प्राप्तिका लागि यस्ता सहयोग गर्दै आएको छ।

    सहयोगी दाताहरु:
    १) बिजय बम ठकुरी – १५ केडी
    २) जगा बहादुर खत्री – ३ केडी
    ३) अम्मर खड्का – ८ केडी
    ४) गाेबिन्द धामी – ८ केडी
    ५ ) कूबिरजङ गुरुङ – १० केडी
    ६) तूलबहादुर गुरुङ – १० केडी
    ७) हिरा गुरुङ – ५ केडी
    ८ ) गाेपाल भट्ट – ६ केडी
    ९ ) देबराज भट्ट – ८ केडी
    १०) हंस भूल – १० केडी
    ११) प्रकाश भण्डारी – १३ केडी
    १२) मदन चन्द – ५.२५० केडी
    १३) दुर्गा थिङ लामा – १० केडी
    १४) वसन्त राना – १५ केडी
    १५) प्रेम बम – २६ केडी
    १६) बिरेन्द्र खत्रि – १० केडी
    १७) गगनसिह बिष्ट – १० केडी
    १८) थपेन्द्र देउवा – ५ केडी
    १९) हेमन्त कडायत – ५ केडी
    २०) बिकाश सिंह – ५ केडी
    २१) धर्म रावत – ३ केडी
    २२) चेतराज गिरी – ३ केडी
    २३) बद्रि न्याैपाने – ५ केडी
    २४) महेश कुमार – ५ केडी
    २५) कालुसिङ बुढा – ३ केडी
    २६) रतन गिरी बाजुरेली – २ केडी
    २७) सिद्व भण्डारी – २ केडी
    २८) महेश चन्द्र जाेशी – १० केडी
    २९) बिक्रम सिंह – १० केडी
    ३०) राधेस्याम – ५ केडी
    ३१) बिनाेद खड्का – १० केडी
    ३२) निरुमाया खड्का – १.२५० केडी
    ३३) गणेश बहादुर चन्द – २७.५०० केडी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...