News Portal

क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई प्रधानमन्त्री देउवाको फोन: खेलाडीको कारवाही के हो ?

हिमालीसंचार संवाददाता
५३० पटक

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कारवाहीका विषयमा चासो राख्दै सोधखोज गरेका छन्।

शुक्रबार बिहान सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर खेलाडीलाई कारवाही गरेको विषय के हो ? भनेर प्रश्न गरेका थिए।

‘क्यानमा के गरेको हो यो ? प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाउनुुस् है’, प्रधानमन्त्री देउवाले अध्यक्ष चन्दलाई फोनमा भनेका थिए।

माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच क्यानले गरेको कारवाहीबारे छलफल भएको पुष्टि गरेको छ। क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो।

क्यानले अनुशासनसम्बन्धी आचारसंहिता उल्लङ्घनको आरोपमा मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरूको ६ महिना सहभागिता नगराउने निर्णय समेत गरेको थियो। मल्लको पदमुक्तपछि क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...