News Portal

रेल चले पनि सरकारलाई दिनकै ७ लाख घाटा !

हिमालीसंचार संवाददाता
४१२ पटक

काठमाडौं। भारतको जयनगरदेखि जनकपुरको कर्थासमेत रेल चलाउन दिनकै १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ। ३४ दशमलव ९ किमि दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिएर ल्याउनुपर्ने भएपछि खर्च बढी हुनेछ।

नेपाली प्राविधिक तयार नहुँदासम्म खर्च कम हुन कठिन रहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए। एउटा लोको पाइलटलाई मासिक ३ लाख २५ हजार भारु दिनुपर्छ। यस्ता पाइलट ४ जना रहनेछन्। सिग्नलिङका लागि आउने प्राविधिकलाई पनि मासिक तलब करिब २ लाख ५० हजार भारु दिनुपर्नेर्छ।

नेपाली कर्मचारी पनि १ सय ५१ जना रहनेछन्। उनीहरुका लागि मासिक ६० लाख रुपैयाँ खर्च हुनेछ। रेलका लागि इन्धन खर्च प्रतिदिन १ लाख ३० हजार रुपैयाँकोे हुने झाले बताए। भारतीय रेलवे कम्पनी कोंकणसँग १ वर्षका लागि रेल चलाउने र मर्मत गर्ने गरी २२ करोड भारु (३५ करोड २० लाख रुपैयाँ)मा सम्झौता भएको छ।

यसबापत पहिलो किस्ताका रुपमा साढे ७ करोड रुपैयाँ भुक्तानी दिइसकिएको छ। कोंकणलाई तिर्नुपर्ने रकमसहित एक दिनका खर्च १० लाख रुपैयाँभन्दा बढी हुने झाले जानकारी दिए। ‘रेल चढ्ने यात्रुबाट वार्षिक १० करोड रुपैयाँ आम्दानी हुने हाम्रो अनुमान छ,’ उनले भने ‘यति हुँदा पनि प्रतिदिन घाटा करिब ८ लाख हुन्छ।’ टिकट शुल्कबाट प्रतिदिन पौने ३ लाख रुपैयाँ आम्दानी हुनेछ। यो खबर आजको कान्तिपुरदैनिकमा छापिएको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...