News Portal

७७ करोडको खसीबोका भित्रिए, दशैंलाई ४० हजार खसीबोका माग

हिमाली संचार संवाददाता
६२१ पटक

काठमाडौं–चालू आर्थिक वर्ष २०७५/०७६ को साउन र भदौ महिनामा १ अर्ब ७ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको जिवित पशु आयात गरिएको छ।

भन्सार विभागका अनुसार खसीबोका, च्यांग्रा लगायतका अन्य पशुहरुको यो अवधिमा आयात गरिएको हो ।

यस्ता पशुको आयातमा केही राजश्व संकलन गर्नुबाहेक व्यापार घाटा शतप्रतिशत रहेको भन्सार विभागले जनाएको छ । पशु आयातबाट विभागले यो अवधिमा ४ करोड १३ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

दशैँ, तिहार जस्ता चाडमा खसीबोका बढी भित्रिने भएकाले यस्तो आयात अझै बढ्न सक्ने आँकलन गरिएको छ । जसले गदौ असोज महिनामा यो शीर्षकको व्यापार घाटा थप बढ्ने भन्सार विभागले जनाएको छ ।

चौपाया खरिदबिक्रि सेवा संघले यो दशैंमा काठमाडौंलाई ४० हजार खसीबोका आवश्यक पर्ने जनाएको छ । संघका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार यी माग अनुसारका खसी बोकाको ७० प्रतिशत आयात भारतको उत्तर प्रदेशबाट हुन्छ । यस्तै  केही च्यांग्राहरु छिमेकी देश चीन र नेपालको मुस्ताङले धान्छ ।

तथ्यांकअनुसार दुई महिनामा खसीबोका मात्र  ७७ करोड ५० लाख १५ हजार रुपैयाँ बराबरको १ लाख १ सय ८५ वटा भित्रिएको छ ।

यस्तै दुई महिनामा तयारी अवस्थाका माछामासु ७ करोड २ लाख ७७ हजार रुपैयाँ बराबरको भित्रिएको छ ।

जसमा मासु र मासुजन्य पदार्थ ३ करोड ५१ लाख ३९ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै माछा पनि ३ करोड ५१ लाख ३९ हजार बराबरको आयात गरिएको छ ।

यद्यपी, मासुको आयात भन्दा निर्यात बढी रहेको देखिन्छ । यसको निर्यात भने ४ करोड ४२ लाख १२ हजार रुपैयाँ बराबरको भएको तथ्यांकमा उल्लेख छ।

यता, माछाको निर्यात भने २८ हजार रुपैयाँ बराबरको मात्र भएको छ । मासु र मासुजन्य पदार्थमा भने देशको वैदेशिक व्यापार ९० लाख ७३ हजार रुपैयाँ नाफामा छ ।

माछाको व्यापार घाटा भने २७ करोड ५५ लाख ४३ हजार रुपैयाँको रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...