News Portal

 इन्डोनेसियाको  चर्चमा भेटियो ३४ विद्यार्थीको शव

हिमाली संचार संवाददाता
७४१ पटक

इन्डोनेसिया – इन्डोनेसियाकाे सुलावेसी टापुमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पपछि गएको पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालिएको छ ।

पहिरोबाट प्रभावित यस चर्चमा फसेका विद्यार्थीहरुको खोजीकार्य व्यापक रुपमा जारी राखिएको थियो । सो कुराको जानकारी यहाँस्थित रेडक्रसले दिएको छ ।

इन्डोनेसियाकाे रेडक्रसका प्रवक्ता आउलिया एर्रिआनीले एएफपी समाचार समितिलाई सो चर्चको भग्नावशेषबाट करिब ३४ जना विद्यार्थीको शव निकालिएको बताएका छन् । भूकम्पपछि गएको पहिरोले प्रभावित यस चर्चमा ८६ विद्यार्थी वेपत्ता भएका छन् ।

इन्डोनेसियामा गत शुक्रबार आएको भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावितमध्ये करिब २ लाख व्यक्तिलाई तत्काल सहयोगको आवश्यकता रहेको पनि एक समाचारमा जनाइएको छ । प्रभावितमध्ये ४६ हजार जना बालबालिका रहेका छन् भने अरु १४ हजार वृद्धवृद्धा रहेका छन् ।

इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट १ हजार २३४ व्यक्तिको मृत्यु भईसेकेको छ । इन्डोनेसियामा गएको भूकम्पको कारण तटीय क्षेत्रमा रहेको पालु शहर बढी प्रभावित भएको छ ।

यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो । –एएफपी

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...