News Portal

एआईजी पोखरेल सुटुक्क पुगे भारत

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाडौं। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सुटुक्क भारत भ्रमणमा निस्केका छन्। बिहिबार सौर्य एयरलाइन्सबाट झापा हुँदै उनी भारत लागेका हुन्।

झापाबाट भारतको बागडुरा विमास्थल हुँदै उनी हैदारावादतर्फ लागेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अवकाशपछि महानिरीक्षक हुने प्रतिस्पर्धामा रहेका एआईजीको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ।

आईजीपी क्षेत्री र उनका ब्याचमेटहरु ०७९ वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदै छन्। उनको अवकाशपछि आईजीपी बन्न विश्वराज पोखरेल र सहकुल थापाको बिचमा प्रतिस्पर्धा भइरहेको छ।

एआईजी पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको भन्दै संगठनमा आलोचना हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...