News Portal

कवि अजित उत्सवको कविता संग्रह “आकाश गंगाको किनार” विमोचन गरियो

हिमालीसंचार संवाददाता
३३५ पटक

पोखरा – कवि एवम् लेखक अजित उत्सवको कविता संग्रह “आकाश गंगाको किनार” हिजो पोखरामा एक कार्यक्रमकाबिच विमोचन सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रुपमा कविता संग्रह विमोचन गरेका हुन । 

विमोचनपछि बोल्दै पूर्वकुलपती सरुभक्त श्रेष्ठले कविता लेखनमा युवाहरू जुर्मुराएको देखेर आफूलाई खुशी लागेको बताउँदै यस कविता संग्रहले कवि अजित उत्सवलाई कविको रुपमा साहित्यमा स्थापित गराउने विश्वास व्यक्त गरेका थिए । अर्का कवि एवम् प्राज्ञ रमेश श्रेष्ठले यस संग्रहणीय कृतिको लागि बधाई दिंदै सङ्ग्रहभित्रका कविताले आफू प्रभावित भएको बताए । 

विमोचित पुस्तकको समीक्षा युवा कवि एवम् समालोचक संजीब पौडेलले गरेका थिए भने उपप्राध्यापक परशुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र व्यक्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा लघुकथा समाज प्रदेश नंम्बर १ कि अध्यक्ष ममता मृदुल, पोखरेली युवा साहित्यकार दीपक समीप, चर्चित गजलकार आवाज शर्मा, चर्चित कवि शिव त्रिपाठी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, शुभप्रभात साहित्य पुन्जकी अध्यक्ष मनु शर्मालगायत चार दर्जन बढी साहित्यकारको उपस्थिती रहेको थियो। युवा कवि रोशन तिमिल्सिनाले विमोचित कविता संग्रहभित्रको कविता वाचन समेत गरेका थिए । 

कार्यक्रमको सञ्चालन सगरमाथा साहित्य प्रतिष्ठान गन्डकी शाखा सचिव कवि लिली अधिकारीले गरेका थिए । कार्यक्रममा उपस्थित सबै दर्शकलाई नै सभापति बनाईएको थियो र समापन पनि सबै दर्शकले ताली बजाएर गरिएको थियो ।

पुस्तक विमोचन कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको हो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी गण्डकी शाखा उपाध्यक्ष छन्दिका त्रिपाठीले गरेकी थिईन् । 

बिएन पुस्तक संसार काठमाडौंले प्रकाशनमा ल्याएको कवि अजित उत्सवको यस कवितासंग्रहमा जम्मा ५६ वटा कविता संग्रहित छन् । बजार बिक्री मूल्य २ सय ५० रहेको छ ।  विमोचनसंगै पुस्तक देशभरी वितरण सुरु भएको कवि अजित उत्सवले बताएका थिए। निकट भबिष्यमै एक कथा संग्रह र एक कविता संग्रह प्रकाशन हुन लागेको पनि कवि उत्सवले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...