News Portal

  • कवि अजित उत्सवको कविता संग्रह “आकाश गंगाको किनार” विमोचन गरियो

    हिमालीसंचार संवाददाता
    २७२ पटक

    पोखरा – कवि एवम् लेखक अजित उत्सवको कविता संग्रह “आकाश गंगाको किनार” हिजो पोखरामा एक कार्यक्रमकाबिच विमोचन सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रुपमा कविता संग्रह विमोचन गरेका हुन । 

    विमोचनपछि बोल्दै पूर्वकुलपती सरुभक्त श्रेष्ठले कविता लेखनमा युवाहरू जुर्मुराएको देखेर आफूलाई खुशी लागेको बताउँदै यस कविता संग्रहले कवि अजित उत्सवलाई कविको रुपमा साहित्यमा स्थापित गराउने विश्वास व्यक्त गरेका थिए । अर्का कवि एवम् प्राज्ञ रमेश श्रेष्ठले यस संग्रहणीय कृतिको लागि बधाई दिंदै सङ्ग्रहभित्रका कविताले आफू प्रभावित भएको बताए । 

    विमोचित पुस्तकको समीक्षा युवा कवि एवम् समालोचक संजीब पौडेलले गरेका थिए भने उपप्राध्यापक परशुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र व्यक्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा लघुकथा समाज प्रदेश नंम्बर १ कि अध्यक्ष ममता मृदुल, पोखरेली युवा साहित्यकार दीपक समीप, चर्चित गजलकार आवाज शर्मा, चर्चित कवि शिव त्रिपाठी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, शुभप्रभात साहित्य पुन्जकी अध्यक्ष मनु शर्मालगायत चार दर्जन बढी साहित्यकारको उपस्थिती रहेको थियो। युवा कवि रोशन तिमिल्सिनाले विमोचित कविता संग्रहभित्रको कविता वाचन समेत गरेका थिए । 

    कार्यक्रमको सञ्चालन सगरमाथा साहित्य प्रतिष्ठान गन्डकी शाखा सचिव कवि लिली अधिकारीले गरेका थिए । कार्यक्रममा उपस्थित सबै दर्शकलाई नै सभापति बनाईएको थियो र समापन पनि सबै दर्शकले ताली बजाएर गरिएको थियो ।

    पुस्तक विमोचन कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको हो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी गण्डकी शाखा उपाध्यक्ष छन्दिका त्रिपाठीले गरेकी थिईन् । 

    बिएन पुस्तक संसार काठमाडौंले प्रकाशनमा ल्याएको कवि अजित उत्सवको यस कवितासंग्रहमा जम्मा ५६ वटा कविता संग्रहित छन् । बजार बिक्री मूल्य २ सय ५० रहेको छ ।  विमोचनसंगै पुस्तक देशभरी वितरण सुरु भएको कवि अजित उत्सवले बताएका थिए। निकट भबिष्यमै एक कथा संग्रह र एक कविता संग्रह प्रकाशन हुन लागेको पनि कवि उत्सवले जानकारी दिएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...

    गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी...