News Portal

  • चौरजहारी नगरपालिका रुकुमको जेष्ठ नागरिकलाई सम्मान

    हिमाली संचार संवाददाता
    १०८० पटक

    ज्ञानु गौतम/रुकुम – जेष्ठ नागरिक मानव अधिकार अभियान्ताहरुको अभिनन्दन गरौं भन्ने मुल नाराका साथ चौरजहारी नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    वडा नं १ देखि ५  र ८ वडाको लागि नगरपालिकाको सभाहल र अन्य ६, ७, ९, १०, ११, १२, १३ र १४ वडाको लागि सम्वन्धित वडामा ७० बर्षका माथिका ८१३ जना जेष्ठ नागरिकलाई आ.व २०७५/२०७६ को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता पनि बितरण गरीएको हो ।

    चौरजहारी नगरपालिकाका नगरप्रमुख बिशाल शर्माको सभापतित्वमा भएको कार्यक्रममा नगरउपप्रमुख राधा रोकाको प्रमुख अतिथ्यता रहेको थियो ।

    कार्यक्रममा नगर प्रमुख शर्मा र उपप्रमुख रोकाले ९० बर्षिय कमला खत्रि र ८९ बर्षिय ससे बटालालार्ई भत्तादिएर  सम्मान कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

    कार्यक्रमा बोल्दै नगरप्रमुख बिशाल शर्माले जेष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै उहाँहरुबाट धेरै कुरा सिक्नुपर्ने बताउनु भयो ।

    उहाँले सरकारले बृद्धबृद्धाको लागि भनेर दिएको सहयोग अपुग भएको बताउनु भयो । बृद्धबृद्धालाई सम्मान गर्न सके कुनै पनि डर, त्रास, रोग, शोक तथा चिन्ता नलाग्ने बताएका छन ।

    कार्यक्रमा जेष्ठ नागरिकहरुले  खुसी ब्यक्त गर्दै आफ्ना लागि छोरा छोरी नै स्थानिय सरकार भएको बताएका थिए  कार्यक्रमा आफ्ना कुरा राख्दै जेष्ठनागरीक पर्शुराम पोखरेलले सबै जेष्ठ नागरिकहरुलाई एकै ठाउमा बोलाएर सुखदुखका कुरागर्ने ठाउँ बनाएको भन्दै सरकारले धेरै राम्रो काम गरेको र यस्तै कार्यक्रम हरु आगामी दिनहरुमा पनि गर्न सुझाब दिनुभयो ।

    प्रमुख प्रशासकिय अधिकृत तारा बहादुर कुवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा लेखा अधिकृत प्रदिप सुनार, वडा नं ४ का वडाअध्यक्ष गोपाल भण्डारी, नेकपाका नेता कर्ण बहादुर घर्ति,नगर स्वास्थ्य शाखा प्रमुख अकबिर घर्ति,दलित मुक्तिमोर्चा कर्णाली प्रदेश संयोजक पुष्प बादि, नगर सल्लाहकार टेक बहादुर गिरी लगाएको आथित्यता रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...

    बर्दिबासमा ट्रक र अटो ठोक्किँदा एकको ज्यान, दुई घाइते

    महोत्तरी, असार २३ — महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित स्मृतिपार्क नजिक आइतबार राति ट्रक र अटो...