News Portal

अन्तर्राष्ट्रिय नेपाली समाजको युएई राष्ट्रिय कार्यसमिति गठन

हिमालीसंचार संवाददाता
८१८ पटक

डि जि शर्मा युएई / विश्वमा छरिएर रहेका नेपालीहरुलाई गोलबद्द गर्दै नेपाल र नेपालीको हितमा काम गर्ने उदेश्यका साथ स्थापना भएको अन्तरास्ट्रिय नेपाली समाज (इन्स) को युएई राष्ट्रिय कार्यसमिति गठन भएको छ।

जुममार्फत शनिबार साँझ सम्पन एक भर्चुअल कार्यक्रमका बिच मेघराज धमलाको अध्यक्षतमा तत्कालका लागि १४ सदस्यीय कार्यसमिति गठन गरिएको हो।नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा दीपक घिमिरे, उपाध्यक्ष अविन दाहाल, महासचिव श्री भवानी नेपाल, सचिव दिनेश भट्ट, कोषाध्यक्ष मोहन पन्थी र सह-कोषाध्यक्षमा कल्पना धमला चयन हुनुभएको छ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा विकास बि.क.भुपेन्द्र आचार्य, अटल उपेन्द्र, मोहन सेङ्दान, राजु खतिवडा, उपेन्द्र कुँवर र गुन्ज मगर रहनु भएको छ। आगामी दिनमा यस कार्यसमितिलाई थप बिस्तार गर्दै लगिने पनि नवनिर्वाचित अध्यक्ष धमलाले बताउनु भयो।

कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले आफूमा ठूलो जिम्मेवारी आएको महसुस गरेको र नवगठित यस समाजलाई युएईमा रहेका नेपालीहरुको हितमा लगाउने पनि बताउनु भयो।अहिलेसम्म अस्ट्रेलिया, मलेसिया, जर्मनी, स्पेन, इजरायल, पोर्चुगल, नेपाल लगायत देशमा आफ्नो समिति बिस्तार गरिसकेको समाजले नेपालीहरुको बसोबास रहेका विश्वका अन्य मुलुकमा पनि समिति बिस्तार गर्दै लैजाने योजना रहेको बताएको छ।

स्वदेश तथा विदेशमा रहेका नेपालीलाई समाजिक कार्यमा संलग्न गराउँदै समस्यामा परेका नेपालीहरुको उद्दारमा महत्त्वपूर्ण योगदना पुर्याउने उदेश्यका साथ स्थापना भएको यस समाजले आगामी दिनमा गर्नुपर्ने कार्यहरु थुप्रै भएको र त्यो दायित्व पूरा गर्नका लागि समाजमा आवद्ध सबैलाई कतिबद्द भएर काम गर्न पनि समजाका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले आग्रह गर्नु भयो।

प्राध्यापक डा. टङ्कनाथ शर्माको प्रमुख आतिथ्य र समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका पोर्चुगल अध्यक्ष कमल खड्का, मलेसिया अध्यक्ष राजु तामङ, समाजकी भाषा तथा साहित्य समिति संयोजक डा. जानुका नेपाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

समाजका केन्द्रीय महासचिव अर्जुन श्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा कवि सुमित्रा सुमी, श्री भवानी नेपाल, शुभलक्ष्मी कोइराला, डि जि शर्मा, गजलकार अटल उपेन्द्र लगायतले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो।

जहिल्यै पनि नेपालका लागि जहाँ पनि नेपालीका लागि भन्ने मूल नाराका साथ सन् २०२० अक्टोबर ०४ तारिखका दिन स्थापना भएको समाजले तिव्र रुपमा आफ्नो समिति बिस्तार गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ।

 

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...