News Portal

म्यान्मार सैन्य कू: नागरिक समूहको आक्रमणद्वारा सयौ सैनिक मारिए

हिमालीसंचार संवाददाता
३३९ पटक

म्यान्मारको विद्रोही नागरिक समूह पीपुल्स् डिफेन्स फोर्स (पीडीएफ)ले देशका विभित्र भागमा आक्रमण गर्दा एकहप्ताभित्र एक सयभन्दा बढी सरकारी सेना मारिएको अन्तराष्ट्रिय संचार माध्मले जनाएका छन्।

नागरिक समूहको लडाकू दस्ता पीडीएफले यो साता दर्जनौं सैनिक इलाका लक्षित आक्रमण गरेको छ। साङ्गैङ, मन्डले, रंगुन र छिन् क्षेत्रको आक्रमणमा कैयौँ सैनिक घाइते भएको समेत बताइएको छ।

हप्ता दिनयता ठाउँ-ठाउँमा सरकारी सेना–लक्षित कैयौं आक्रमण भएको प्रजातान्त्रिक आन्दोलनका अधिकारीहरूले बताएका छन्। त्यस्तै, उनीहरूले गएको हप्ता अय्यारवाडी क्षेत्रमा जुन्ता सरकारका मन्त्रीहरूमाथि नै आक्रमण गरेका थिए।

आक्रमणपछि सैनिक–प्रहरीले गाउँ–गाउँमा छिरेर आतंक मच्चाएको स्थानीयले बताएका छन्। उनीहरूले ६० वटा सैनिक गाडीमा गाउँलेहरूलाई नियन्त्रणमा लिएका छन्।

विद्रोही लडाकूहरूले रंगुन र माण्डलेको एक चौकीमाथि सोमबार आक्रमण गरेपछि प्रहरी प्रमुखसहित ५६ जना प्रहरीहरू मारिएको  पीपुल्स् डिफेन्स फोर्सका अधिकारीहरूले जनाएका छन्। चलिरहेको गाडीबाट बन्दुकधारी लडाकूहरूले आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...