News Portal

म्यान्मार सैन्य कू: नागरिक समूहको आक्रमणद्वारा सयौ सैनिक मारिए

हिमालीसंचार संवाददाता
३६७ पटक

म्यान्मारको विद्रोही नागरिक समूह पीपुल्स् डिफेन्स फोर्स (पीडीएफ)ले देशका विभित्र भागमा आक्रमण गर्दा एकहप्ताभित्र एक सयभन्दा बढी सरकारी सेना मारिएको अन्तराष्ट्रिय संचार माध्मले जनाएका छन्।

नागरिक समूहको लडाकू दस्ता पीडीएफले यो साता दर्जनौं सैनिक इलाका लक्षित आक्रमण गरेको छ। साङ्गैङ, मन्डले, रंगुन र छिन् क्षेत्रको आक्रमणमा कैयौँ सैनिक घाइते भएको समेत बताइएको छ।

हप्ता दिनयता ठाउँ-ठाउँमा सरकारी सेना–लक्षित कैयौं आक्रमण भएको प्रजातान्त्रिक आन्दोलनका अधिकारीहरूले बताएका छन्। त्यस्तै, उनीहरूले गएको हप्ता अय्यारवाडी क्षेत्रमा जुन्ता सरकारका मन्त्रीहरूमाथि नै आक्रमण गरेका थिए।

आक्रमणपछि सैनिक–प्रहरीले गाउँ–गाउँमा छिरेर आतंक मच्चाएको स्थानीयले बताएका छन्। उनीहरूले ६० वटा सैनिक गाडीमा गाउँलेहरूलाई नियन्त्रणमा लिएका छन्।

विद्रोही लडाकूहरूले रंगुन र माण्डलेको एक चौकीमाथि सोमबार आक्रमण गरेपछि प्रहरी प्रमुखसहित ५६ जना प्रहरीहरू मारिएको  पीपुल्स् डिफेन्स फोर्सका अधिकारीहरूले जनाएका छन्। चलिरहेको गाडीबाट बन्दुकधारी लडाकूहरूले आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...