News Portal

नियुक्त भएको केही घण्टामै स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री अन्डेर्सनले दिइन् राजीनामा

हिमालीसंचार संवाददाता
३२४ पटक

स्वीडेनकी पहिलो प्रधानमन्त्री माग्डालेना अन्डेर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टामै राजीनामा दिएकी छन्। उनलाई बुधबार बहुमत संसदले प्रधानमन्त्रीमा समर्थन गरेपछि उनी प्रधानमन्त्री घोषित भएकी थिइन्।

निवर्तमान अर्थमन्त्रीसमेत रहेकी अन्डेर्सनलाई प्रधानमन्त्रीमा विपक्षीले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिएकी बीबीसीले जनाएको छ। उनको राजीनामासँगै बजेटसमेत पारित हुन नसकेको समाचारमा जनाइएको छ।

उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले ‘उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको’ बजेट स्वीकार गर्न नसकेको जनाएको छ।

अन्डेर्सनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन्। ‘कुनै एक पार्टीले छोडेपछि गठबन्धन सरकारले राजीनामा दिनुपर्ने संवैधानिक अभ्यास रहेको छ’, उनले भनिन्, ‘वैधानिकतामाथि प्रश्न उठ्ने सरकारको नेतृत्व गर्न चाहन्नँ।’

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...