News Portal

कलाकार “चम्सुरी”को मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु 

हिमालीसंचार संवाददाता
३२३ पटक

वर्षा महर्जन,
काठमाडौं। कलाकार पल्पसा डंगोल उर्फ चम्सुरीको मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु भएको छ। अब लगभग दुई महिनामा उनले मिर्गौला पाएर नयाँ जीवन सुरु गर्न लागेकी छन्। सोमबार (मंसिर ६) अस्पताल पुगेर आवश्यक कागजातको काम गरेको उनले जानकारी दिइन्।

“अन्ततः अब चाँडै मिर्गौला पाउने भएँ। सोमबार अस्पताल गएर पहिलो चरणको फर्म भरेर आइसकेँ। कानुनी प्रक्रिया सुरु भएको छ। यही माघमा नै प्रत्यारोपण हुनेछ। तर, मिति भने तय भइसकेको छैन।” दुवै मिर्गौलाले काम नगरेपछि उनी गएको साउन महिनाभरि अस्पताल भर्ना भएकी थिइन्।

करिब ३५ दिन महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार गरिएको थियो। उनी त्यसपछि भने घरमै आराम गरिरहेकी छन्। उनी यही महिनाबाट ‘मेरी बास्सै’को सेटमा पनि फर्किएकी छन्।

“लामो समयपछि सेटमा जानका लागि लुगा निकाल्दा म खुसीसँगै निकै भावुक भएँ। सेटमा पनि सबै साथीहरूले निकै माया अनि हौसला दिइराख्नुभएको छ। निकै खुसी महसुस भइरहेको छ,” उनी थप्छिन्, “३५ दिनजति अस्पताल बस्दा अब म फेरि सेटमा फर्किन नै सक्दिनँ कि भन्ने भइसकेको थियो। तर, दर्शकको माया अनि टिमको मायाले पुनः काममा फर्किन पाएँ।”

अहिले उनी बिहीबार दुई घण्टाको लागि मात्रै छायांकनमा गइरहेकी छन्। “ड्राइभिङ पनि गर्न सक्दिनँ। त्यसैले सेटबाटै गाडी पठाउनुहुन्छ। काम सजिलो, बसेर गर्ने दृश्यहरू मात्रै गरिरहेको छु।”

विगत ८ वर्षदेखि उनका दुवै मिर्गौलाले काम गरेको छैन। परिवारलाई जानकारी नै नगराई उनी आफैँ यसको उपचारमा लागिरहेकी थिइन्। तर, यो वर्षको सुरुवातसँगै स्वास्थ्यमा धेरै खराबीपछि उनी साउनमा अस्पताल भर्ना भएकी हुन्।

उनलाई परिवारकै एकजना सदस्यले मिर्गौला दान गर्न लागेका हुन्। सबै ‘क्रस म्याच’ भइसकेको र अब कानुनी प्रक्रिया मात्रै बाँकी भएको पल्पसाले जानकारी दिइन्। सोमबार मात्रै डोनरको क्रस म्याच भएको अस्पतालले जानकारी दिएको थियो।

उनी भन्छिन्, “धेरै कुरा परीक्षण गर्नुपर्ने भएकाले क्रस म्याच हुन्छ कि हुँदैन भनेर थाहा पाउनै समय लाग्ने रहेछ। अब सकै कुरा मिलिसकेको छ। तर, मेरो शरीरलाई पनि तयार पार्नुपर्छ।” उनी अहिले डाक्टरको सल्लाहअनुसार तौल बढाउनेदेखि खानेकुरामा विशेष ध्यान दिइरहेकी छन्। हप्ताकै दुईपटक डायलासिस गराइरहेकी छन्।

करिब ६/७ महिनापछि काममा फर्किएकी उनी अब प्रत्यारोपण नभएसम्म मात्रै छायांकनमा जाने छिन्। प्रत्यारोपण भएसँगै बढीमा चार महिना पूर्ण आराममा बस्नुपर्ने र बस्ने उनले बताइन्। त्यसपछि भने दर्शकलाई मनोरञ्जन दिन फेरि नयाँ जोसका साथ आउने वचन उनले दिइन्। प्रत्यारोपण गरेर एक महिना त अस्पतालमा नै बस्नुपर्ने र त्यसपछिका दुई/तीन महिना घरमा आराम गर्ने योजना उनले सुनाइन्।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...