News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कलाकार “चम्सुरी”को मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु 

    हिमालीसंचार संवाददाता
    २१८ पटक

    वर्षा महर्जन,
    काठमाडौं। कलाकार पल्पसा डंगोल उर्फ चम्सुरीको मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु भएको छ। अब लगभग दुई महिनामा उनले मिर्गौला पाएर नयाँ जीवन सुरु गर्न लागेकी छन्। सोमबार (मंसिर ६) अस्पताल पुगेर आवश्यक कागजातको काम गरेको उनले जानकारी दिइन्।

    “अन्ततः अब चाँडै मिर्गौला पाउने भएँ। सोमबार अस्पताल गएर पहिलो चरणको फर्म भरेर आइसकेँ। कानुनी प्रक्रिया सुरु भएको छ। यही माघमा नै प्रत्यारोपण हुनेछ। तर, मिति भने तय भइसकेको छैन।” दुवै मिर्गौलाले काम नगरेपछि उनी गएको साउन महिनाभरि अस्पताल भर्ना भएकी थिइन्।

    करिब ३५ दिन महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार गरिएको थियो। उनी त्यसपछि भने घरमै आराम गरिरहेकी छन्। उनी यही महिनाबाट ‘मेरी बास्सै’को सेटमा पनि फर्किएकी छन्।

    “लामो समयपछि सेटमा जानका लागि लुगा निकाल्दा म खुसीसँगै निकै भावुक भएँ। सेटमा पनि सबै साथीहरूले निकै माया अनि हौसला दिइराख्नुभएको छ। निकै खुसी महसुस भइरहेको छ,” उनी थप्छिन्, “३५ दिनजति अस्पताल बस्दा अब म फेरि सेटमा फर्किन नै सक्दिनँ कि भन्ने भइसकेको थियो। तर, दर्शकको माया अनि टिमको मायाले पुनः काममा फर्किन पाएँ।”

    अहिले उनी बिहीबार दुई घण्टाको लागि मात्रै छायांकनमा गइरहेकी छन्। “ड्राइभिङ पनि गर्न सक्दिनँ। त्यसैले सेटबाटै गाडी पठाउनुहुन्छ। काम सजिलो, बसेर गर्ने दृश्यहरू मात्रै गरिरहेको छु।”

    विगत ८ वर्षदेखि उनका दुवै मिर्गौलाले काम गरेको छैन। परिवारलाई जानकारी नै नगराई उनी आफैँ यसको उपचारमा लागिरहेकी थिइन्। तर, यो वर्षको सुरुवातसँगै स्वास्थ्यमा धेरै खराबीपछि उनी साउनमा अस्पताल भर्ना भएकी हुन्।

    उनलाई परिवारकै एकजना सदस्यले मिर्गौला दान गर्न लागेका हुन्। सबै ‘क्रस म्याच’ भइसकेको र अब कानुनी प्रक्रिया मात्रै बाँकी भएको पल्पसाले जानकारी दिइन्। सोमबार मात्रै डोनरको क्रस म्याच भएको अस्पतालले जानकारी दिएको थियो।

    उनी भन्छिन्, “धेरै कुरा परीक्षण गर्नुपर्ने भएकाले क्रस म्याच हुन्छ कि हुँदैन भनेर थाहा पाउनै समय लाग्ने रहेछ। अब सकै कुरा मिलिसकेको छ। तर, मेरो शरीरलाई पनि तयार पार्नुपर्छ।” उनी अहिले डाक्टरको सल्लाहअनुसार तौल बढाउनेदेखि खानेकुरामा विशेष ध्यान दिइरहेकी छन्। हप्ताकै दुईपटक डायलासिस गराइरहेकी छन्।

    करिब ६/७ महिनापछि काममा फर्किएकी उनी अब प्रत्यारोपण नभएसम्म मात्रै छायांकनमा जाने छिन्। प्रत्यारोपण भएसँगै बढीमा चार महिना पूर्ण आराममा बस्नुपर्ने र बस्ने उनले बताइन्। त्यसपछि भने दर्शकलाई मनोरञ्जन दिन फेरि नयाँ जोसका साथ आउने वचन उनले दिइन्। प्रत्यारोपण गरेर एक महिना त अस्पतालमा नै बस्नुपर्ने र त्यसपछिका दुई/तीन महिना घरमा आराम गर्ने योजना उनले सुनाइन्।

    प्रतिकृया दिनुहोस्

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं...

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी...

    वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माको अपिल

    काठमाडौँ, चैत्र २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री...

    गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

    चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण...

    शंखमुलमा डेरा गरी बस्दै आएका मोरङका पुरुष मृत अवस्थामा फेला

    काठमाडौं, चैत्र २८ — काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित डेरामा बस्दै आएका एक पुरुष मृत फेला परेका...