आज : २०२६-०६-०८, सोमबार

कत्ति खेर बिरामी मर्छ निको हुन्छ भर छैन!

गजल
कत्ति खेर बिरामी मर्छ निको हुन्छ भर छैन।
यो दुर्गम गाउँमा हस्पिटल छैन डक्टर छैन॥

जो बैसाखीको साहारा लिएर सफर गर्छ।
उसैले भन्छ फेरि डौड प्रतियोगितामा डर छैन॥

तिम्रो शहरमा त मुर्दा पनि सवारीमा हिड्छ।
गाउँमा डेलिभेरी आमा बोक्ने इस्टेचर छैन॥

छोरी जन्मिन्छ थर बा’को थरमा दर्ता हुन्छ।
आज छोरी छ, नाम छ तर किन थर छैन?

इन्द्रकुमार कोयी राई
सुङदेल-७, केपिलासगढी पालिका, खोटाङ